शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो
झोलुङ्गे पुल निर्माण भएपछि यात्रा छोटियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २८, २०८१
jholungge pul
बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी–७, धारापानी र मालिका–७, खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ । गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परिचालनमा निर्मित झोलुङ्घे पुलमा ८५ प्रतिशत झोलुङ्घे पुल क्षेत्रगत कार्यक्रम, १३ प्रतिशत धवलागिरी गाउँपालिका र २ प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदानमा सम्पन्न भएको हो ।झोलुङ्घे पुल निर्माण भएपछि धवलागिरीको धारापानी, घारा, लुरबाङ, शिवरात्री लगायतका बस्तीका २७४ घरधुरीका १२ सय ३३ जनसंख्या लभान्वित हुने मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ विटालुले बताउनुभयो । झोलुङ्घे पुलको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले उद्घाटन गदैं भौगोलिक विकटताका कारण आवतजावतमा कठिनाई भएका बस्तीलाई सहज हुने गरी झोलुङ्घे पुल निर्माणलाई समेत प्राथमिकता दिएको बताउनुभयो । कतिपय ठाउँमा सडक सञ्जालबाट पनि असहज हुन्छ, सुविधाका लागि अझै पनि झोलुङ्घे पुलको आवश्यकता छ’ अध्यक्ष पुनले भन्नुभयो । पुलले स्थानीयको यात्रा छोटिएको छ भने कृषि सहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामानको ढुवानीमा समेत सहज भएको मालिका–७ का वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो ।चालु आवमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिका २, मंगला गाउँपालिका १, रघुगंगा गाउँपालिका १, अन्नपूर्ण गाउँपालिका २ र धवलागिरी गाउँपालिकामा १ झोलुङ्घे पुल निर्माणधिनका साथै केही प्रयोगमा आइसकेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP