शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको विकासलाई प्राथमिकता दिने सभापति तथा पुर्व प्रधानमन्त्री देउवाको प्रतिबद्धता (भिडिओ )
म्याग्दीको विकासलाई प्राथमिकता दिने सभापति तथा पुर्व प्रधानमन्त्री देउवाको प्रतिबद्धता (भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २८, २०८१
sherbahadur deuba
बेनी । नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरू भएको आठौँ म्याग्दी महोत्सव एवम् गण्डकी प्रदेशस्तरीय कृषी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले म्याग्दीमा देखिएका समस्याहरूलाई प्राथमिकता दिएर काम गर्ने बाचा गर्नुभयो । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/uVJ-c6CcKIA[/embed] जिल्लाको बेनी अस्पतालको निमार्णधिन ५० सैयाको बेनी अस्पताल भवन,बेनी–दरबाङ–मुना–ढोरपाटन सडक,बेनी–पाखापानी सडक, बेनी खुल्लामञ्च, बेनी–मौवाफाट–चिमखोला र बेनी–मालढुङ्गा सडकको निर्माणलाई अगाडी बढाउन सम्बन्धित निकायलाई अगाडी बढाउन तत्काल पहल थाल्ने बताउनुभयो । प्रसिद्ध धार्मिक स्थल मुक्तीनाथको प्रवेशद्धाराको रहेको म्याग्दी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको पूर्वप्रधानमन्त्री देउवाको भनाई छ।नेपाली कांग्रेसका सभापति देउवा समक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजो जिल्लाका प्राथमिकता प्राप्त विकास आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाउनुभएको थियो । यो पनि पढ्नुहोस् [embed]https://myagdinews.com/2025/01/79301/[/embed] कार्यक्रममा सहभागी हुनपूर्व सभापती देउवा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरधाम मन्दिर र निर्माणधिन बेनी अस्पताल भवनको अवलोकन गरी समस्या बुझ्नु्भएको थियो ।महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बेनी नगरपालिकामा मेयर सुरत केसी, गण्डकी प्रदेशसभाका सदस्य रेशमबहादुर जुग्जाली, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित राजनीतिक दलका प्रमुखहरूले हिमाली जिल्लाको कार्यान्वयन, समय अवधि तोकिएर पनि लामो समयसम्म अलपत्र परेका आयोजनालाई यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने गरी प्राथमिकीकरणमा राख्न संघीय सरकारले दवाव दिनुपर्ने बताउनुभयो । महोत्सवस्थलमा प्रवेश गर्ने शुल्क बेलुकीको समयम महँगो भएको भन्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले टिकट मुल्य घटाउन समेत आयोजनको ध्यानार्कषण गराउनुभएको थियो ।महोत्सवमा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका अध्यक्ष विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षता, महासचिव नारायण जिसी, सचिव मोतिलाल पौडेल, प्रथम उपाध्यक्ष लिलाराम गौतमको सञ्चालन र समापन बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो । महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई बेहुलीजस्तै सिँगारिएको छ ।  
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २१:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP