शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग 
निस्कोट समाज पोर्तुगलद्वारा मृगौला रोगी पुनलाई १ लाख आठ हजार सहयोग 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ५, २०८१
Messenger_creation_9366F02D-2F16-4B25-9BE2-4FAD018F75B6
बेनी । लामो समयदेखि मृगौला रोगबाट पीडित तुलकुमारी पुनलाई निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका -१ , निस्कोट स्थित बाँसबोटकी पुनलाई पोर्तुगलमा रहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज पोर्तुगलको नेतृत्वमा संकलित एक लाख आठ हजार तीन सय रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच बिजय पुन र पुर्ण गुरुङले पीडित पुनलाई हस्तान्तरण गर्नुभयो । दुवै मृगौला फेल भई उपचाररत पीडित पुन परिवारको आर्थिक अवस्था कमजोर भएकोले उहाँको उपचारमा सहयोग पुर्याउने उदेश्यले निस्कोट समाज पोर्तुगलले आर्थिक सहयोग रकम संकलन गरिएको कोषाध्यक्ष सविन्द्र पुन( साजन)ले बताउनुभयो । समाज अध्यक्ष तिलक पुनले सहयोगीदाताहरु सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पीडित पुनको स्वास्थ लाभको कामना गर्दै सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । यसअघि निस्कोट समाज अमेरिकाले पनि एक लाख रुपैयाँ सहयोग गरिसकेको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा कास्की पोखरा स्थित मणिपाल अस्पतालमा जचाउन आउँदा चिकित्सकले मृगौला फेल भएको रिर्पोट दिएका थिए । पुनको यसअघि वि.सं.२०६४ बायाँपट्टीको मृगौला फेल भएको थियो । त्यतिखेर पनि आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको पीडित पुनले भनाइ छ । पीडित पुनले कास्कीको लेखनाथ स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलिसिस गराउँदै आउनुभएको छ । ५३ वर्षिया पुनका दुई छोरी र एक छोरा हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उचारमा समस्या हुने गरेको पीडित पुनले दुखेसो पोख्नुभयो । सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्दै आफुलाई बचाइदिन थप सहयोगका लागि सबैलाई अपिल गर्नुभयो । पीडित पुनले आफन्त र सहयोगीदाताहरुको भरमा उपचार र दैनिकी खर्चको जोहो गर्दै आउनुभएको छ । निस्कोट समाज पोर्तुगलको नेतृत्वमा आर्थिक सहयोग गर्ने दाताहरूको नामावलीहरु अध्यक्ष :- श्री तिलक पुन उपाध्यक्ष:- श्री ओमराज पुन सचिव :- श्री कुम पुन (कुञ्जन) सह - सचिव:- श्री सुरेश सुवेदी कोषाध्यक्ष:- श्री सबिन्द्र पुन (साजन) सह - कोषाध्यक्ष:- सुश्री याम माया फगामी प्रशिक्षक संयोजक:- श्री रमेश पुन आर्थिक संयोजक:- श्री टेजिन पुन वरिष्ठ सल्लाहकार:- श्री रविन पुन वरिष्ठ सदस्य:- श्री पूर्वराज पुन सदस्यहरुमा, १,लील बहादुर पुन २,तारा पुन ३,रविचन्द्र पटेल ४,धीरज पुन ५,मन प्रसाद सुनार ६,खेम पटेल ७,हेमराज गोतामे ८,सम बहादुर घर्ति(सुबिन्द्र) ९,तक प्रसाद सुनार १०,दिल बहादुर घर्ति ११,भविन पुन १२,प्रविन पुन १३,भूमिराज पुन १४,रोजी पुन १५,खत्कचन गोतामे १६,पविन पुन १७,शिला सिथानी १८,चन्द्र प्रकाश पुन १९,दिर्ग पुन २०,नर माया पुन अन्य व्यक्तिगत सहयोगीहरु यसैगरी कुलेन्द्र पुन ,दलकुमारी राना र लबहादुर रोकाले पनि आर्थिक सहयोग गर्नुभएको छ ।  
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP