शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने
मालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ ६, २०८१
IMG_2853
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका भित्रका आठ सय २५ जना लक्षित किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एच.पि.भि’ लगाइने भएको छ । मालिका गाउँपालिका दरबाङमा आइतबार आयोजित एचपिभि खोप अभियान पालिका खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुविच अभिमुखिकरण एवं अन्तरक्रिया  गाेष्ठी कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तु कुमारी कार्कीले गाउँपालिका भित्र रहेका १६ वटा विद्यालय र विद्यालय बाहिर रहेका आठ सय २५ जना लक्षित किशोरीहरुलाई उक्त खोप लगाइने जानकारी गराउनुभएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत ८१९ र विद्यालय बाहिर रहेका ६ जना १० देखि १४ वर्ष उमेरका किशोरीहरुले उक्त खोप लगाउने छन् । खोप सम्बन्धीत विद्यालयको खोप केन्द्र र सातै वडाका सात स्वास्थ्य संस्थामा लगाइने भएको छ ।  स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार , यस खोप नियमित खोप संगै कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई र विद्यालय बाहिर रहेका दश वर्ष पूरा भएका किशोरीहरुलाई दिइनेछ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले एचपिभि खोप अभियान २०८१ लाई सफल बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले क्यान्सर रोगकै कारण वर्षेनी कयौैं महिलाहरुले ज्यान गुमाउनु परेको बताउँनुभयो । खोप अभियानले पाठेघर मुखको क्यान्सर रोकथाम र मृत्युदरमा कमी ल्याउन मदत पुग्नेमा विश्वास व्यक्त गर्दै खोप अभियानलाई सबै विद्यालयमा प्रभावकारी बनाउन र यस अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार , मालिका सहित सबै पालिकामा आगामी १३ गतेभित्र अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनेछन् । पालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने सम्बन्धी अभिमुखिकरण गराइएको थियो । उहाँका अनुसार जिल्लाभर चार हजार सात सय बढी किशोरीहरुलाई एचपिभि खोप लगाइनेछ । स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत सापकोटा र होमबहादुर फगामीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्यद्धय दलबहादुर खड्काथोकी र प्रतिक्षा बिक , दरबाङ आधारभुत अस्पतालका डा. धिरेन्द्र भण्डारी लगायतले पाठेघर क्यान्सर विरुद्धको खोप अभियानलाई प्रभावकारी सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । देशभरी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन हुँदैछ । सोही अनुसार मालिका गाउँपालिका भित्र पनि समय तालिका निर्धारण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सन्तु कुमारी कार्कीका अनुसार माघ २२ गते सिद्ध आधारभुत ,जेम ,गोरक्षा आधारभुत विद्यालय, ओखरबोट मावि ,भीम मावि , भगवती आधारभुत विद्यालय ,किसानी मावि २३ गते निस्कोट मावि , बिलबाङ आवि, अमरज्योती मावि ,गौबम बस्त मावि ,मालिका आधारभुत विद्यालय र बिम स्वास्थ्य चौकी २४ गते सिद्धार्थ मावि , निस्कोट स्वास्थ्य चौकी , राष्ट्रिय मावि ,डाँडागाउँ सामुदायिक स्वास्थ्य इकाई  , देविस्थान स्वास्थ्य चौकी र जनप्रिय माविमा २५ गते ओखरबोट स्वास्थ्य चौकी ,  रुम स्वास्थ्य चौकी र केवी एकेडेमी आवासीय मावी २६ गते दरबाङ आधारभुत विद्यालयमा खोप अभियान सञ्चालन हुनेछन् ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल , शिक्षा अधिकृत अशोक रिजाल , योजना अधिकृत सोम बहादुर के‍सी लगायतको सहभागिता रहेको थियो । नेपालमा वर्षेनि २१६९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित हुने र सोही क्यान्सर कारण वर्षेनि १३१३ जनाले ज्यान गुमाइरहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।  
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १८:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP