शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण(तस्बिरहरु)
सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण(तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १०, २०८१
setodhunga samudayik
म्याग्दी। सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो । यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहिरो एवं भूकम्पको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो । ग्लोबल केयर जर्मनबाट भवन तथा गेट निर्माण, शौचालय र सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी तथा उपकरण सहयोग गरी असल छिमेकी नेपालमार्फत झण्डै २७ लाख रुपैयाँ लगानी भएको छ । स्थानीयको आवश्यकता, चाहना, वडा र बेनी नगरपालिकाको पहलमा भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।
नवनिर्मित भवनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गर्नुभयो । यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले सेतोढङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको स्थानीयवासी स्वयंले अपनत्व लिएर संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकाले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउँदै नवनिर्मित भवनलाई आवश्यक संरक्षण गरी स्वास्थ्य सेवा लिन समुदायलाई सुझाव दिनुभयो ।
नगर प्रमुख केसीले विगतमा असल छिमेकी नेपालले बेनी नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराएको तथा विपन्न नागरिकहरुको उत्थानका लागि आयआर्जनको क्षेत्रमा बिऊबिजनलगायत सहयोग गरेको बताउनुभयो । उहाँले असल छिमेकी नेपालसँग बेनी नगरपालिका जोडिएको र आउँदो दिनमा पनि स्वास्थ्य क्षेत्रका लागि चरणबद्ध रुपमा सहयोगको आग्रह गरिएको बताउनुभयो ।
बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले असल छिमेकी नेपालले सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको भवन बनाइदिएर नगरपालिकाको बोझ घटाइदिएको बताउनुभयो । उहाँले नवनिर्मित भवनमा सकभर बिरामी भएर कोही नागरिक पनि आउन नपरोस् र भवनको दिर्घकालीन रुपमा सदुपयोग गर्नुपर्ने बताउँदै यसबाट निरोगिता बाँड्न र स्वस्थ नागरिक बनाउन जोड दिनुपर्ने बताउनुभयो । नेपाल सरकारले ९८ प्रकारका औषधीहरुको निःशुल्क व्यवस्था गरेपनि सहरी स्वास्थ्य केन्द्रसम्म ४० प्रकारका औषधी आएर पनि त्यो पर्याप्त नभएको र स्वास्थ्य संस्थाहरुमा जनशक्तिको समेत अभाव रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष गोविन्द बानियाँले नयाँ भवनको संरक्षण गर्ने जिम्मेवारी आम समुदायको रहेकाले असल छिमेकी नेपालसँग आगामी दिनमा पनि सहकार्य गरिने बताउनुभयो । असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले भवन निर्माण, आर्थिक विवरण र औषधीलगायत विषयमा स्पष्ट पार्नुभएको कार्यक्रममा पोखरा क्रिस्चियन समाजका अध्यक्ष कालु तामाङ, भवन निर्माण समितिका अध्यक्ष गिरेन्द्र बानियाँ र स्थानीय मुक्तिबहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा छोटो समयमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरिदिने निर्माण व्यवसायी, सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघसंस्थालाई असल छिमेकी नेपाल तथा बेनी नगरपालिका र वडाबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम असल छिमेकी नेपालका कार्यकारी अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता र कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP