शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको खोलाखर्कमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
धवलागिरी गाउँपालिकाको खोलाखर्कमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ ११, २०८१
IMG_5070
म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित खिबाङ गाउँको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको बिहीबार उद्घाटन भएको छ । धवलागिरि गाउँपालिका र झोलुङ्गे पुल सहयोगी संस्था (टिबिएसयु)को आर्थिक सहयोग, मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्मित पुलको उद्घाटन गरिएको हो ।
वि.सं. २०७९ साल माघ १७ गते निर्माण सम्झौता भएको झोलुङ्गे पुलको गत असार तेस्रो साता बल्ल निर्माणसम्पन्न भएको थियो । कुल १ सय १२ मिटर लम्बाई र १ मिटर शुन्य ६ सेन्टिमिटर वाकवे रहेको पुलको उचाई खोलाखर्कको खोलादेखि २ सय मिटर रहेको जनाइएको छ । नवनिर्मित पुलको कुल लागत स्टमेटअनुसार ५७ लाख ६२ हजार दुईसय ५० रुपैयाँ ५४ पैसा अनुमानित बजेट रहेको थियो ।
पुल निर्माणमा धवलागिरि गाउँपालिकाले सातलाख ४९ हजार ९२ रुपैयाँ ५७ पैसा अर्थात् कुल लागतको १३ प्रतिशत, स्थानीय जनश्रमदान एकलाख १५ हजार दुईसय ४५ रुपैयाँ शुन्य १ पैसा अर्थात् १ प्रतिशत बराबरको लगानी भएको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । पुल निर्माणमा बाँकी सबै ८५ प्रतिशत बजेट सहयोगी संस्था टिबिएसयुबाट पुलको लागि आवश्यक पर्ने लठ्ठा, बुलडग ग्रिप्सलगायत सामानहरु खरिदमा लगानी गरेको मिलन म्याग्दीका प्राविधिक यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
डि टाइप प्रविधिमा आधारित खोलाखर्क झोलुङ्गे पुलबाट खिबाङ र देउरालीका १ सय ७० घरधुरीका ८ सय ५० जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् भने १ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेकोमा पुल बनेपछि अहिले बाटो ५ मिनेटमा छोटिएको स्थानीयवासीको भनाइ छ । खोलाखर्कको नवनिर्मित झोलुङ्गे पुलबाट धवलागिरि गाउँपालिकाको ५ नम्बर वडा मलम्पार, मल्कबाङ र ६ नम्बर वडा मराङका समेत स्थानीयवासीहरु लाभान्वित हुने भएका छन् ।
नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पालिकामा अघिल्लो जनप्रतिनिधिहरुको पालामा सुरु भई निर्माणसम्पन्न हुन बाँकी रहेका योजनाहरुलाई अहिले पूर्णता दिइएको बताउनुभयो । उहाँले झोलुङ्गे पुल निर्माणसँगै अब खिबाङदेखि मल्कबाङ र मराङ जोड्ने सडक विस्तारको पहल गरिने बताउँदै यसका लागि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापनको पहल गर्ने बताउनुभयो । धवलागिरि गाउँपालिकाका पूर्व अध्यक्ष थमसरा पुनले देउरालीको खोलाखर्कमा पुल निर्माण गर्न आफूले विगतदेखि नै पहल गरेकोमा अहिले आएर पूर्णता पाएको बताउनुभयो । उहाँले आगामी दिनमा पुलको संरक्षण गर्ने दायित्व स्थानीयवासीको भएकाले खिबाङदेखि मराङ र मल्कबाङ जोड्ने सडक विस्तारको आवश्यकता औंल्याउनुभयो ।
सोही अवसरमा ओमबहादुर सुनार संयोजक, कृष्णकुमारी भूजेल पुलको हेरालु र चनदेवी पुन, चन्द्रबहादुर हमाल तथा देवी पूर्जा सदस्य रहेको झोलुङ्गे पुल मर्मत समिति पनि गठन गरिएको छ । कार्यक्रममा धवलागिरि–४, मुदीका वडा अध्यक्ष यामबहादुर घर्ती, नेकपा माओवादी केन्द्रका धवलागिरि इन्चार्ज यमन रोका र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष ओमबहादुर सुनारको अध्यक्षता, सचिव रामबहादुर पूर्जाले आयव्यय प्रस्तुत र सदस्य चन्द्रबहादुर हमालले स्वागत गर्नुभएको कार्यक्रमको चन्द्रज्योती मावि खिबाङका शिक्षक तुलबहादुर पुनले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १८:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP