शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार शर्मा , साहित्यकार श्रेष्ठ सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण
धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार शर्मा , साहित्यकार श्रेष्ठ सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १२, २०८१
FB_IMG_1737789535069
बेनी । म्याग्दीको बेनी नगरपालिका -५, पुलाचौर स्थित जनकल्याण माध्यमिक विद्यालय स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । हरेक वर्ष विभिन्न विधातर्फ स्रष्टा र व्यक्तिहरु छनोट गरी सम्मान तथा पुरस्कृत गर्दै आइरहेको स्मृति कोषले यसवर्ष पनि साहित्यकार, पत्रकार तथा उत्कृष्ट अङ्कसहित विभिन्न तहको परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ । यसवर्ष नगद एकलाख रुपैयाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले जिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको छ । यसैगरी साहित्यको क्षेत्रमा योगदान पु¥याउनुहुने पूर्व राष्ट्रसेवक कर्मचारी समेत रहनुभएका पौलस्त्य साहित्य समाज म्याग्दीका निवर्तमान अध्यक्ष कृष्णबहादुर बानियाँलाई नगद दशहजार रुपैयाँसहित दोसल्ला र कदरपत्र तथा पत्रकारिताको माध्यमबाट जिल्लाको शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याएकोमा पत्रकार राकेश शर्मालाई पनि नगद दशहजार, दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । त्यस्तै म्याग्दी बहमुखी क्याम्पसका सह–प्राध्यापक रेखाकौशल रेग्मीलाई कदरपत्रले सम्मान गरिएको थियो । स्मृति कोषमार्फत पुलाचौरमा हुने विभिन्न कार्यक्रममा विशेष योगदान पु¥याएको भन्दै शिवालय आमा समूहलाई नगद दशहजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । गएको वर्ष सम्पन्न एसइईमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने मुस्कान बानियाँ, साधना विक र देवशा परियारलाई क्रमशः नगद १५÷१५ हजार तथा सातहजार पाँचसय रुपैयाँको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यसैगरी एसइईमै जडभरत शालग्राम गण्डकी संस्कृत मावि गलेश्वरबाट प्रथम हुने स्वरुप रिजाललाई नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । यसअघि विद्यालयमा आयोजित निबन्धलेखन प्रतियोगितामा प्रथम हुने आयुष रामदाम, द्वितीय दिपिका श्रेष्ठ र तृतीय रसिक श्रेष्ठलाई क्रमशः दुईहजार पाँचसय, दुईहजार, एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको स्मृति कोषले जानकारी दिएको छ । सोही अवसरमा जनकल्याण मावि अक्षयकोषबाट कक्षा ११ का ६ जना र कक्षा १२ का ३ जना विद्यार्थीलाई स्टेशनरी तथा पोशाक वितरण गरिएको छ भने विद्यालयमा सञ्चालित दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई स्टेशनरीले पुरस्कृत गरिएको थियो । विद्यालयमा अध्ययनरत स्वर्गीय भक्तविर विकको छोरा कक्षा ९ का अजय रामदाम र कक्षा १० की मैना रामदामलाई अक्षयकोषबाट जनही दुईहजार रुपैयाँसहित स्टेशनरी प्रदान गरिएको विद्यालयका शिक्षक शान्ति शर्माले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर चापागाईँले उद्घाटन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका–५ नम्बर वडाका वडा सदस्य देवीदत्त पौडेल, म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), सम्मानित व्यक्तित्व कृष्णबहादुर बानियाँ, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँ, प्रधानाध्यापक कमलप्रसाद पौडेल, स्मृति कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी र सम्मानित विद्यार्थी स्वरुप रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधवप्रसाद रेग्मीको स्वागत र विद्यालयका शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अभिभावकद्वय टिका किसान र अस्मिता परियारले सन्देशमूलक गीत गाउनुभएको थियो भने विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।  
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १३:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP