शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकामा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान
धवलागिरी गाउँपालिकामा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ १५, २०८१
hpv khop dhawalagiri
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन हुने जानकारी गराइएको हो । धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले सात वटै वडामा कक्षा ६ देखि १० सम्मका पाँच सय ८८ जना र विद्यालय नजाने २० जना १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । १६ वटा विद्यालय र सात वटा स्वास्थ्य संस्थामा खोप केन्द्र बनाएर खोप लगाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । खोप अभियानको कार्यक्रम तालिका तयार पारिएको र वडा स्तरमा पनि अभिमुखीकरण गरिने स्वास्थ्य संयोजक खाती कार्कीले बताउनुभयो । विश्वमा वार्षिक साढे पाँच लाख महिला प्रभावित हुने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रतिवर्ष एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेका छन् । असुरक्षित यौन सम्पर्क पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो । एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने बताइएको छ । नेपालमा आगामी वर्षदेखि सरकारले एचपिभीलाई नियमित खोप कार्यक्रममा समावेश गरेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र वडा नम्बर १ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले एचपिभी खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई निर्देशन दिनुभयो ।  
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP