शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा
सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १७, २०८१
IMG_2951
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पुनले सहकारीले कृषि र उद्यम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले उत्पादन क्षेत्रलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।महिलाहरु उद्यमी बन्नुपर्ने र आर्थिक पक्ष बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष दिलिपकुमार शेरचन , समाजसेवी गोकुल घर्ती मगर , चुडामनी सापकोटा , रसमाया घर्ती , सरिमा पुनले सहकारीका सदस्यहरुले संस्थालाई थप व्यवस्थित गराउनका लागि सक्रिय हुनु पर्नेमा उहाँले जोड दिनुभयो । सहकारी अध्यक्ष सीता गौतमका अनुसार ,कुल पाँच सय १ जना शेयर सदस्य संख्या रहेको सहकारीको कुल पूँजी रकम एक करोड ७५ लाख २८ हजार ८९७ रुपैयाँ, कुल ऋण लगानी एक करोड ५३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । भने शेयर पुजी रकम ५७ लाख २४ हजार रहेको छ । त्यसैगरी बचत रकम ७६ लाख ७५ हजार दुई सय एक रुपैयाँ रहेको छ । यसैगरी उत्कृष्ट मासिक , आवधिक र खुत्रुके बचतकर्ताहरूलाई नगद सहित सम्मान गरिएको थियो ।  कोषाध्यक्ष लालमाया पुनले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी सञ्चालक समिति सचीव बुद्धिसरा घर्ती मगरले संचालन गर्नुभएको कार्यक्रममा प्रबन्धक सिर्जना गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १८:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP