शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २०, २०८१
b11c8f85-eb41-4852-b326-2604ddc27f61-1024x683
म्याग्दी । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रमुख थापा सहित रघुगंगा गाउाँपालिका ५ झिँका मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थमबहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापा र पर्वत जलजला गाउँपालिका लेकफाँटका रुद्र बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकारी रजिष्टार कार्यालय पोखराले गरेको छानविनको क्रममा उक्त सहकारीमा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको भेटिएको र आबश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP