शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन पक्षमा काम गर्न सकेन : अध्यक्ष प्रचण्ड
वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध र सुशासन पक्षमा काम गर्न सकेन : अध्यक्ष प्रचण्ड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २३, २०८१
FB_IMG_1738708649401
म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रको मुख्य समस्या बनेको भष्ट्राचारलाई नियन्त्रण गर्न खोज्दा प्रतिकृयाबादीहरु एक भएको बताउनुभएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले मंगलवार बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आफु नेतृत्वको सरकारले भष्ट्राचार विरुद्ध र सुशासनको पक्षमा काम गर्न थालेपछि काँग्रेस– एमाले एक भएर असंवैधानीक र अप्राकृतिक तवरले सरकार बनाएको टिप्पणी गर्नुभएको हो।

‘‘ मेरो तेस्रो कार्यकालमा मैले देश र जनताको निम्ती केहि राम्रा कामको रेकर्ड बनाउने संकल्प गरेको थिए, सरकारले ठूला ठूला भष्ट्राचारका काण्डहरुलाई छानविन गर्न थालेपछि प्रतिकृयाबादीहरुमा छलपटी सुरु भयो, र सरकार ढालियो’’– प्रचण्डले भन्नुभयोे । उहाँले मुलुकलाई संधै पछि पार्ने प्रमुख कारण भष्ट्राचार भएको र यसमा नेता देखि कर्मचारीहरु सम्म मुछिने गरेको बताउनुभयो । ठूला नेताका ठूला नेताहरु भष्ट्राचारमा संलग्न रहेको प्रमाणहरु भेटिन थालेको र सरकारले कारबाही प्रकृया अघि बढाउन थालेपछि आफु नेतृत्वको सरकार ढालेको उहाँको भनाई थियो ।

मुलुकमा व्यवस्था परिवर्तन र पछाडी परेका बर्गको अधिकार प्राप्तीको लागि संघर्ष गरेको माओवादीको मुख्य एजेण्डा मुलुकमा व्याप्त रहेको भष्ट्राचार विरुद्ध हुने अध्यक्ष प्रचण्डले उद्घोष गर्नुभयो। ‘‘ जनतामा केही आसा र भरोसा बढ्न थालेको थियो, हामीलाई सरकारबाट बाहिर राख्ने काम भयो, हामी अहिले जनताको घरदैलोमा छौँ, जनताको चाहनालाई सम्बोधन गर्ने र देशमा देखिएको आर्थिक संकट समाधान गर्न हामीलाई फेरी बहुमत जनताले दिनुपर्छ, देशलाई परिवर्तन गर्न हामीले नै नेतृत्व गर्न जरुरी छ’’– प्रचण्डले भन्नुभयो । उनले मुलुकको आर्थिक विकासको प्रमुख आधार बनेको जलविद्युत उत्पादन र अन्तरदेशिय व्यापारको लागि समेत आफ्नो नेतृत्वको सरकारले छिमेकी राष्ट्रसंग सम्झौता तथा पूर्वाधार निर्माणको थालनी गरेको बताउनुभयो । उहाँले बेनी–दरबाङ–जलजला– हुँदै ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन समेत आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेता प्रचण्डले बेनी मंगलवार नै बेनी, सिंगा, राक्सेका सहित परिवारसंग भेटघाट गरेका थिए भने प्राकृतिक उपचार केन्द्र बनेको सिंगा तातोपानीको समेत अवलोकन गर्नुभएको थियो। सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशका पूर्व मन्त्रि तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी, पुर्व प्रदेश सभा सदस्य विनोद केसी,पार्टीका जिल्ला समन्वय समितिका अध्य शेर बहादुर केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।  
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०४:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP