शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाद्धारा विद्यालयलाई सूचना प्रबिधिका सामाग्री वितरण
अन्नपूर्ण गाउँपालिकाद्धारा विद्यालयलाई सूचना प्रबिधिका सामाग्री वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २५, २०८१
476156759_1079856224185713_2979672921115451674_n
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । हरेक शुक्रबारका दिन विद्यार्थीहरुलाई सूचना प्रबिधीका सामग्रीको प्रयोगबाट सिकाई र अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन थालिएको हो ।विद्यार्थीलाई स्वअध्ययन गराई सिकाईमा आत्मनिर्भर, स्वाभलम्बी र शुक्रबारीय कार्यक्रमलाई प्रविधीमैत्री बनाउन बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । “राष्ट्रिय पाठ्यक्रमले पनि विद्यालयमा प्रबिधिमैत्री पूर्वाधारको आवश्यकता बोध गरेको छ,” उहाँले भन्नुभयो “विद्यालय शिक्षामा प्रविधिको प्रयोग गर्ने नीति अनुसार शुक्रबारीय कार्यक्रम मार्फत बुक फ्रि, प्रबिधिबाट शिक्षक र विद्यार्थीले सिक्ने र सिकाउने प्लेटफर्मको विकास, जिवनउपयोगी र परम्परागत ज्ञान सिपको अन्तरपुस्ता हस्तान्तरण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।” इन्टरनेट, कम्प्युटर, प्रोजेक्टरमा युट्युवमा राखिएका शैक्षिक सामग्रीहरु हेर्नुका साथै डोका, डाली, नाम्लो बुन्ने, दुना टपरी बनाउने जस्ता परम्परागत सिपमा आधारित काम गर्न सिकाउन थालिएको हो । बुक फ्रि फ्राइडे कार्यक्रमका लागि गाउँपालिकाले बिहिबार १२ वटा आधारभूत र दुई वटा माध्यमिक विद्यालयलाई रु। २१ लाख ४८ हजार मूल्य बराबरको सूचना प्रबिधिको सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले मासिक प्रअ बैठकमा ल्यापटप, प्रोजेक्टर, स्मार्ट टिभी र डेक्सटप कम्प्युटर वितरण गर्नुभएको थियो । १३ वटा ल्यापटप, १२ वटा प्रोजेक्टर, १० वटा प्रोजेक्टर वाल स्कृन, आठ वटा स्मार्ट टिभी र एक वटा डेक्सटप कम्प्युटर वितरण गरिएको शिक्षा अधिकृत कटुवालले बताउनुभयो । विद्यालयबाट प्रस्ताव माग गरेर आवश्यक सामग्री वितरण गरेको हो । दुई वर्षअघि ७५ प्रतिशत अनुदानमा र गत वर्ष पनि निशूल्क रुपमा डेक्सटप वितरण गरेको थियो । टिकोट मावि, आदर्श मावि, सुनारी, मुक्तिपथ, सुवा, निलगिरि, सरस्वति, क्रान्ति, ज्योति, पोखरे, भुवानी, शिवालय, चन्द्र र घराम्दी आधारभूत विद्यालयका प्रअलाई सूचना प्रविधिका सामग्री वितरण उपलब्ध गराएको हो ।  
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP