शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘तरुण कप ’ भलिबल प्रतियोगिताको तयारी तीब्र , दुवै प्रथम पुरस्कारको प्रायोजनमा नेपाली कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समिति
‘तरुण कप ’ भलिबल प्रतियोगिताको तयारी तीब्र , दुवै प्रथम पुरस्कारको प्रायोजनमा नेपाली कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समिति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २६, २०८१
tarun cup tayari
बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा सञ्चालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता– २०८१को तयारी तीब्र पारिएको छ ।म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवम् अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४,१५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा आयोजना हुँदैछ । उक्त आयोजनाको पुर्व तयारी स्वरुप तरुणदल म्याग्दीले छलफल ,भेटबाटलाई तीब्रता दिएको छ । शनिबार दरबाङमा आयोजक तरुणदलले कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्र (ख)को कार्यसमिति , तरुणदल तीन वटै पालिका कार्यसमितिका पदाधिकारी सहितको पहिलो भेला सम्पन्न गरेको छ । भेलामा क्षेत्र खका सभापति टंक पुनले तरुण कपलाई सफल बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । तरुणदल म्याग्दीका  अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीब्र पारिएको जानकारी गराउनुभयो । यसैगरी तरुण कप–२०८१को दुवै पुरुष भलिबल प्रतियोगिताका प्रथम पुरस्कार राशी १ लाख ११ हजर १११ रुपियाँ नेपाली कांग्रेस म्याग्दी– काठमाडौं सम्पर्क समितिले प्रायोजन गर्ने सहमति भएको तरुणदल म्याग्दीका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’का सभापति टंकप्रसाद पुन लगायत पदाधिकारी ,तरुणदल तीन वटै पालिका इकाई अध्यक्षहरुको सभागिता रहेको थियो । यसैगरी प्रदेश सभा क्षेत्र (क)को तयारी स्वरुप यसअघि भेटघाट र छलफल गरिएको तरुणदल म्याग्दीले जनाएको छ । केही दिनमा पार्टी क्षेत्र (क)को कार्यसमिति , तरुण इकाई समितिसंग पुनः भेला गर्ने तयारी रहेको सचिव मल्लले बताउनुभयो । त्यस्तै दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।    
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २०:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP