शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन
गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २, २०८१
JuUeyqvb
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नामका साहित्यकार गुन पुन ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाको प्रमुख आतिथ्यतामा मुक्तक संग्रह ‘प्रेम र आँसु’ विमोचन गरिएको हो । उक्त पुस्तकको प्रकाशक तथा आर्थिक सयोग दग्नाम वैदेशिक सहयोग समिति वहराइनले गरेको छ । कार्यक्रममा वडा अध्यक्ष गबुर्जाले ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रहको समीक्षा गर्दै मुक्तक संग्रह प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको वडा अध्यक्ष गर्बुजाको भनाई थियो । उक्त मुक्तक संग्रहमा स्वदेश तथा विदेशमा रहेका दग्नामी समाजबीच सहकार्य गर्न प्रेरित गर्ने, स्थानीय संघ सस्थाहरुलाई गाउँ विकासमा सहकार्य गर्न प्रेरणा दिलाउने, सदरमुकामबाट नजिक भएर पनि अधिकांश समुदायले दग्नामलाई नचिनेको हुँदा लेख रचना मार्फत चिनाउन प्रयास गर्ने र पुस्तक प्रकाशनबाट संकलित रकमले रघुगंगा गाउँपालिका भित्रको विद्यालय स्तरिय कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको लेखक गुन पुन ‘गुञ्जन’ले जानकारी दिनुभयो । पेसाले निमावि तहका कुशल अंग्रेजी शिक्षक तथा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनु भएका गुन पुनको “प्रेम र आँसु” चौठो कृति हो । यस अघि गजल गाथा (गजल संग्रह २०६२), याद बाँकी छ (गजल संग्रह २०७१) र ढिकिबोटे थाने पुन खलक (खोज २०८१) प्रकाशित भएका छन् । जिवनको अन्तिम प्रहर (कविता संग्रह), दविएको आवाज (उपन्यास), समय फेरिएछ (गजल संग्रह) र मन भित्रको नियात्रा (एक पुस्तक) प्रोकाशोन्मुख कृति हुन । विमोचन समारोहमा सहभागी रघुगंगा गाउँपालिका निबर्तमान उपाध्यक्ष कमला तिलिजा, बडा सदस्य राजकुमारी गर्बुजा, लेखक गुन पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।दग्नाम वैदेशिक सहयोग समिति वहराइनका पूर्व अध्यक्ष भविप्रसाद तिलिजाको अध्यक्षता, नाङ्गीदेवी आमा समुहकी सदस्य मैना गर्बुजा पुनको स्वागत र कृष्ण गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP