शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अक्षर खुट्याउँदै राउटे बालबालिका
अक्षर खुट्याउँदै राउटे बालबालिका
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ४, २०८१
inbound3661261031818353945
वीरेन्द्रनगर । जंगलमा जीवन निर्वाह गर्ने राउटे समुदाय एक साताअघि मात्रै सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट सरेका छन् । यो भन्दा अघि उनीहरु यही वडाको बराहतालमा बसिरहेका थिए । यो समुदायका बालबालिका र युवा भने अचेल कखरा सिक्न कस्सिएका छन् । उनीहरुमध्ये धेरै अक्षर खुट्याउन सक्ने भएका छन् भने कसैले नाम लेख्न थालेका छन् । राउटे समुदायका १८ वर्षमूनिका ६४ बालबालिका र २५ वर्ष हाराहारीका ४ युवाले कखरा सिक्ने प्रयास गरिरहेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो । उनका अनुसार २२ जनाले आफ्नो नाम लेख्न थालिसकेका छन् । ‘कखरा सँगै बार, महिनाका नाम भिडियो मार्फत सिकाइरहेका छौं,’ खत्रीले भन्नुभयो । उनीहरूमध्ये कसैले नाम लेख्न मात्र सिक्न चाहने उहाँले बताउनुभयो। पुर्खाले नगरेको काम भन्दै यो समुदायमा विद्यालय जानुलाई नराम्रो मानिन्छ । सोही कारण पढ्न रहर गर्ने बालबालिका र युवा आफ्ना अभिभभावक र समुदायका मुखियाको नजरमा नपरेका बेला मात्र सिक्न खोज्ने गरेको खत्रीले बताउनुभयो। आफूहरूले एकपटकमा २ देखि ४ जनालाई फोन देखाउँदै फकाएर पढाउने गरेको उहाँले जानकारी दिनुभयो। खत्रीका अनुसार उनीहरूलाई कखरा लेख्न सिकाउन पनि बस्ती भन्दा अलिक पर अभिभावक र मुखियाको नजर नपर्ने ठाउँमा लैजानुपर्छ । उनीहरू लगातार एक/दुई घण्टा पढ्न बस्दैनन् । एकपटकमा ५ देखि १० मिनेट मात्र पढ्न रहर गर्छन् । यो समय भन्दा बढी एक ठाउँमा बसाउन मुस्किल हुने गरेको खत्रीले बताउनुभयो। गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले राउटे समुदायमा जोडी शिक्षक र स्वास्थ्यकर्मी राखेर २०७५ देखि परियोजना संचालन गर्दै आएको छ । २०७६ देखि उनीहरूको परिवर्तनको लागि काम गर्दै आएको खत्री बताउँनुहुन्छ।  तर, रहर गर्नेलाई केही समयअघिबाट मात्र पढाउन थालिएको उहाँले जानकारी दिनुभयो । खत्रीका अनुसार सुरुमा मोबाइलमा भिडियो हेर्न थालेपछि उनीहरू पढ्न पनि अघि सरेका हुन् । ‘भिडियो हेर्न थालेपछि उनीहरू परिर्वतन हुन इच्छा देखाउने गरे पनि अभिभावक र मुखियाको डरले आँट गर्न सक्दैनन्,’ उहाँले भन्नुभयो। आफूहरूले नयाँ पुस्तालाई हातखुट्टा धुन, नङ काट्न र हात धोएर खाना खान सिकाइरहेको खत्रीले बताउनुभयो । उनीहरूलाई भिडियो देखाएर सिकाउने गरिएको छ । राउटे समुदायका अभिभभावक र मुखिया भने पढ्न दिने कुरामा राजी छैनन् । राउटे मुखिया डिलबहादुर शाही र वीरबहादुर शाही पुर्खाले नगरेको काम गर्न नहुने बताउँछन् । पढ्यो भने समाज बिग्रने उनीहरूको तर्क छ। अर्का मुखिया सूर्यनारायण शाही भने बिस्तारै परिवर्तन भइरहेको बताउँछन् । ‘पुर्खाहरूले नपढेकोले हामी पढ त भन्दैनौं,’ उहाँले भन्नुभयो,‘बिस्तारै पढिहाल्छन् । पछि आफै सिक्छन्, परिवर्तन भैहाल्छन् ।’ १३ वर्षीउ बालक रपिल शाहीले बुवाआमाले अनुमति दिए पढ्ने इच्छा व्यक्त गर्नुभयो। ‘पढेको थाहा पायो भने भाग्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘बाउआमाले पढ्न दिए पो । लुकेर नाम लेख्न सिक्ने अरु केही नपढ्ने । अरुले पढेको देख्दा रहर भने लाग्छ ।’ अहिले राउटेहरूको संख्या १ सय ३७ छ । उनीहरू एकठाउँबाट अर्को ठाउँ बसाई सरिरहन्छन् । जंगलमा बसोबास गर्ने उनीहरू काठदाउरा, सिकार गर्ने जनावरको अभाव महसुस गरेर छिटोछिटो बसाइ सरिरहन्छन् । बस्ती फोहोर र कसैको मृत्यु भए पनि उनीहरू बसाइ सर्छन् । जंगलमा पुगेर काठका भाडा बनाएर गाउँमा अन्नपातसँग साँटेर जीविका धान्ने गर्छन् । दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजिकका गाउँ पुग्नु उनीहरूको दिनचर्या हो । आफूले बनाएका काठका भाँडा बोकेर अन्न साट्न गाउँ पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर बासको प्रबन्ध गर्छन् । हरियो स्याउला र घोचाद्वारा गोलाकार तथा अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खेल्ने र धान कुट्ने, निफन्नेसम्म ठाउँ राख्छन् । छाप्रो महिलाले बनाउँछन् । कान्तिपुर
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP