शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो
कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ५, २०८१
बेनी । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो । आयोगले विभिन्न १७ वटा सूचकमा १०० पूर्णाङ्क राखेर गरेको मूल्याङ्कन गरेर माघ ३० गते सार्वजनिक गरेको नतिजा अनुसार , मंगला गाउँपालिकाले जिल्लाका छ वटा स्थानीय तह मध्य सबैभन्दा बढी ६९.५ अङ्क पाएको छ । यसपटक म्याग्दीका सबै स्थानीय तहले विगतका बर्षको तुलनामा नतिजामा सुधार गरेका छन् । बेनी नगरपालिका ६७.२७ अङ्क, रघुगंगा गाउँपालिका ६९.४ अङ्क, मालिका गाउँपालिका ६८.७ अङ्क ,अन्नपूर्ण गाउँपालिका ६० अङ्क, धवलागिरी गाउँपालिका ४०.९ अङ्क पाएको छ ।अघिल्लो आर्थिक वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा क्रमश मंगला गापा ३४.८२ अङ्क , बेनी नगरपालिका ३५.२७ अङ्क, रघुगंंगा गापा २०.६० अङ्क , मालिका गापा ३४.८२ अङ्क , अन्नपूर्ण गापा २७.६० अङ्क पाएका थिए । आयोगले गरेको मूल्याङ्कन नतिजाको आधारमा स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिस गर्ने भएकाले पनि स्थानीय तहले कार्यसम्पादनलाई निकै महत्वका साथ हेर्ने गरेका छन् ।यसैबिच मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सीमित स्रोत र साधनका बाबजुद पनि प्रभावकारी काम गर्न सकेकामा उनले खुशी व्यक्त गर्नुभएको छ । आयोगले प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि–२०७८ अनुसार अङ्क प्रदान गर्दछ । असार १० भित्र बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरूजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ । त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भजाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्छ ।  
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP