शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाले मनायो १५ औं मोना स्थापना दिवस
मोनाले मनायो १५ औं मोना स्थापना दिवस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ६, २०८१
mona iec day myagdi (50)
बेनी । म्याग्दीबाट विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ । १५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका ४२ विद्यार्थीलाई सोमबार एक कार्यक्रम गरी न्यानो कपडा, झोला, स्टेशनरी सहित शैक्षिक साम्रागी र कक्षा कोठा सजावटका साम्रागी सहयोग गरेको हो । रघुगंगा गाउँपालिका–३,मौवाफाँटस्थित ज्ञानोदय माविका दृष्टिविहिन विद्यार्थीलाई झोला,न्यानो कपडा, बेनी नगरपालिका–५, बालजागृति आधारभुत विद्यालय बगुवाखोलामा बौद्धिक अपाङ्गता विद्यार्थीलाई स्टेशनरी,झोला, र बेनपा–४, धौलागिरी मावि सिङ्गमा बहिरा बालबालिकालाई झोला, स्टेशनरी र कक्षाकोठा सजावटका लागि साम्रागी सहयोग गरिएको छ । सोही अवसरमा ज्ञानोदय माविका दृष्टिविन विद्यार्थीलाई प्रमुख अतिथि मोना आइइसीका संस्थापक अध्यक्ष प्रकाश पुनले ब्रेल लिपिको माध्यमबाट पढ्ने दृष्टिविहीन र न्यूनदृष्टि भएका विद्यार्थीलाई १० हजार सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा मोना आइइसीका संस्थापक अध्यक्ष प्रकाश पुन, मोना आइइसीका संरक्षक एवम् पूर्व अध्यक्ष चक्रबहादुर थापा, मोना कुवेतका अध्यक्ष दिपक छन्त्याल, मोना दक्षिण कोरियाका महासचिव दिनेश केसी, मोना सचिवालयकी प्रमुख स्मृति सुबेदीले वितरण गरेका थिए । विशेष प्रकारको अपाङ्गता भएका बालबालिकाले अध्ययनरत स्रोत कक्षाहरूका आवश्यकता अनुसार सहयोग गरिएको थियो । सहयोग हस्तान्तरणका प्रमुख अतिथि मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले म्याग्देलीले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा विभिन्न क्षेत्रमा सहयोग गदैं आइरहेको बताए । उनले विश्वभर छरिएका म्याग्देलीलाई एकजुट बनाएर जिल्लामा लगानीमैत्री वातावरण बनाउने तथा समुदायस्तरका समस्यालाई समेत प्राथमिकता दिने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–४ का वडा सदस्य केएन खत्री, वडा नं ५ का सदस्य देबीप्रसाद पौडेल, मोनाका संरक्षक चक्र थापा, मोना कुवेतका अध्यक्ष दिपक छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, ज्ञानोदय मावि विब्यस अध्यक्ष हरि सुबेदी, धौलागिरी माविका प्रअ भुवन रेग्मीले मन्तब्य राखेका थिए । मोना आइसीका संस्थापक अध्यक्ष पुनको अध्यक्षता, पूर्व सचिव सुवोद बरुवालको सञ्चालनको सञ्चालनमा सम्पन्न भएको थियो । प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुख्य उद्देश्य सहित स्थापित संस्थाको विश्वभर ३२ देशमा राष्ट्रिय कार्यकारी समिति छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP