शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङमा प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु , खेलकुदले समाजमा एकता र आत्मविश्वास बढाउँछ : सांसद गर्बुजा
दरबाङमा प्रथम तरुण कप भलिबल प्रतियोगिता सुरु , खेलकुदले समाजमा एकता र आत्मविश्वास बढाउँछ : सांसद गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ७, २०८१
tarun cup darbang
दरबाङ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘ खम्बिर’ले खेलकुद प्रतियोगिताले मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा व्यापक प्रभाव पार्ने बताउनुभएको छ । बुधबार दरबाङमा नेपाल तरुणदल म्याग्दीद्धारा आयोजित प्रथम तरुण कपको उद्घाटन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले यसको नियमित अभ्यासले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन, तनाव कम गर्न, आत्मविश्वास बढाउन र सामाजिक सञ्जाल बलियो बनाउन मद्दत गर्ने बताउनुभएको हो । साथै उहाँले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद गर्बुजाले आफु निर्वाचित भएपछि जिल्लाको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो पहलमा दरबाङ –धारापानी सडक कालोपत्रे , तातोपानी बजार संरक्षण , बेनी बजार संरक्षण , खानेपानी, भगवती खानेपानी लगायत थप ठुला आयोजनाहरुको स्रोत सुनिश्चितता भएको र केही दिनमै ठेक्का आह्वान हुने जानकारी दिनुभयो । यसैगरी फापरखेत पहिरोमा बेलीब्रिज एक वर्ष भित्रमा बन्ने उद्घोष गर्नुभयो । दरबाङ बजार कालोपत्रेका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । ‘‘म निर्वाचित भएर आएपछि ४८ करोडको बृहत घोप्टेखोला खानेपानी आयोजना सहित पहिलेको तुलानामा धेरै आयोजनाहरु जिल्लामा भित्रिएका छन् । थप ठुला विकास निर्माणका आयोजनाहरु ल्याउनका लागि प्रदेश सरकारका मुख्यमन्त्री र संघीय मन्त्रालयहरुमा पहल गरिरहेको छु ,’’ उहाँले भन्नुभयो ,‘‘ जिल्लाबासीको माग र आवश्यकतालाई सम्बोधन  गर्न लागिपर्दा पनि मेरा विरुद्ध नकरात्मक प्रचार बढी भएको देख्छु । ’’ जिल्लाको विकासका लागि सबै राजनितिक दलहरु एक हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी ,तरुण दलका केन्द्रिय सदस्य शिव केसी, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा , कांग्रेस प्रदेशसभा (ख)का सभापति टंकप्रसाद पुन ,नेपाली कांग्रेस प्रदेश सभा (ख) सचिव हिरा पुन ,म्याग्दी भलिबल संघका अध्यक्ष तेजिन्द्र बानियाँ ,नेविसंघ केन्द्रीय सदस्य निर्मल खत्री , तरुदल जिल्ला सचिव सुमन बानियाँ , कांग्रेस म्याग्दीकी नेतृ तुल्सी पुर्जा , तरुदल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ ,तरुदल नेता राजु जुग्जाली , भलिबल संघ मालिका अध्यक्ष नरेश पुन लगायतले मन्तब्य राख्नुभएको थियो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी सांसद गर्बुजाले मुख्य रेफ्रि खड्ग केसीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गर्नुृभएको थियो। । प्रदेशसभा निर्वाचन क्षेत्र (ख)मा पर्ने तीन पालिकाको वडा स्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका छन् । उद्घाटनको पहिलो  दिन मालिका–२,धवलागिरी गाउँपालिका–३,मंगला–३,मालिका–४, र अर्मन बीले विजयी सुरुवात गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख ११ हजार एक ११ र द्धितीय हुनेलाई नगद ६६ हजार छ सय ६६ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने तरुण दलका जिल्ला सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, नेपाली कांग्रेसका जिल्ला, क्षेत्रीय तथा स्थानीय नेताहरुको उपस्थिती रहेको थियो । उद्घाटन सत्रको अध्यक्षता तरुण दल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका, स्वागत उपाध्यक्ष सोहन श्रेष्ठ र सञ्चालन सचिव नगेन्द्र मल्लले गर्नुभएको थियो । त्यसैगरी फागुन १४ गतेदेखि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको तरुण दल म्याग्दीका सचिव सुमन बानियाँले जानकारी दिनुभयो । महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने सचिव मल्लले जानकारी दिनुभयो । प्रतियोगिताका लागि १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने अध्यक्ष रोकाको भनाई छ । प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकार प्रस्तुत सहित नृत्य समेत रहेको छ ।  
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २३:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP