शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • श्रेष्ठको २६औं कृति विमोचन
श्रेष्ठको २६औं कृति विमोचन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ८, २०८१
Messenger_creation_4CB8B52D-C6EE-490F-9026-E9404CD4DD57
म्याग्दी । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्‌ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं स्मृति दिवस‌मा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो । पुस्तक विमोचनमा नेपाली कांग्रेस, म्याग्दीका उपसभापति केबि भण्डारी, गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ, स्थानीय जेष्ठ नागरिक सोमप्रसाद घर्ति, समाजसेवी स्व. नन्दबहादुर मल्लकी पत्नी शिवकुमारी मल्ल, समाजसेवी स्व. भीमबहादुर घिमिरेका छोरा भूपेन्द्र घिमिरे, शर्मा डेक्स टपका प्रमोद शर्मा सरिक भएका थिए । स्व. पुन मगरका छोराहरू तमबहादुर पुन र भेजेन्द्र‌मान पुनका साथै स्थानीय वडा सदस्य टिकाकुमारी गोतामे, सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम पुन, ओखरबोट माविका पूर्व प्र. अ. गोकुल घर्ति मगर लगायतको संलग्नतामा पुस्तक विमोचन गरिएको थियो । अजयमिलन श्रेष्ठद्वारा लिखित उक्त पुस्तकको प्रकाशक सृजना रहेका छन । १०६ पेजमा संरचित उक्त पुस्तकमा बलमान पुनका साथै अन्य बाह्र जना दिवंगत व्यक्तिको जीवनी समाहित छ । पुस्तकमा पूर्व जनप्रतिनिधि, शिक्षाप्रेमी एवम् समाजसेवी व्यक्तित्वहरू गोरखबहादुर थापा, जीतबहादर पुन, धनराज पहरे पुन, कुलप्रसाद छन्त्याल, शिवप्रसाद बरुवाल र भीमबहादुर घिमिरेको जीवनी समाहित छ। यसै गरी सङ्ग्रहमा नन्दबहादुर मल्ल, चकबहादुर मल्ल, शेरबहादुर शेरचन, भगवानप्रसाद श्रेष्ठ, अमृतकुमार श्रेष्ठ र विमला गौचनको जीवनी समाहित छन् । कार्यक्रममा बलमान र बाह्र व्यक्तित्वलाई स्मरण गर्दै उनीहरूका असल सामाजिक कार्यको चर्चा गरिएको थियो ।   कार्यक्रमका प्रमुख अतिथि केबि भण्डारीले नेपाली कांग्रेस, वडा कार्यसमितिका तर्फबाट लेखक श्रेष्ठलाई प्रदान गरिएको सम्मान-पत्र हस्तान्तरण गरेका थिए। बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्ग्रहमार्फत म्याग्दीका दिवङ्‌गत पूर्व जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरूको भूमिका र योगदान जनसमक्ष ल्याए वापत लेखक र प्रकाशक अजयमिलन र सृजना श्रेष्ठ दम्पतीलाई सम्मान गरिएको थियो । स्व. बलमान चोचाङ्‌गी पुन मगरका छोराहरू तमबहादुर पुनको अध्यक्षता र भेजेन्द्रमान पुनको स्वागत तथा धन्यवाद मन्तव्य रहेको कार्यक्रममा लेखक र प्रकाशक‌लाई उक्त कार्यक्रममा चोचाङ्‌‌गी पुन परिवारका तर्फबाट कदर गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP