शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा
नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ८, २०८१
inbound2677318421624031999
काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमा गरेको गोल नेपालको जितका लागि पर्याप्त रह्यो। दशरथ रंगशालामा लेबनान विरूद्ध नेपालले खेल अवधिभर दबाब बनायो। गोल गर्ने अवसर आधा दर्जन भन्दा बढि सिर्जना गर्यो। जहाँ एक गोल मात्र संभव भयो। खेलको नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन। नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टि मलाउफले बक्स भित्रबाट हानेको प्रहारलाई गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गरेर बचाउनुभयो। खेलको दशौं मिनेटमा नेपालले पनि मौका गुमायो। विमला चौधरीले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार आकाशियो। खेलको १३ औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले पाएको मौकालाई गोलमा परिणत गर्न सकिनन्। यसपछि १५ औं मिनेटमा प्रीति राईले हानेको लङ रेन्ज सट क्रसबार नजिकैबाट बाहिरियो। ३१ औं मिनेटमा लेबनानकी क्रिस्टी मलाउफले दिएको क्रसमा लायला स्कन्दरले कनेक्ट गर्नुभन्दा पहिले नै गोल किपर एञ्जिलाले खुट्टाले बचाइन् र पुजा रानाले बल क्लीयर गरिन्। यसपछि नेपालले ४२ औं मिनेटमा अग्रता बनायो। विमलाको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गरेको बललाई साम्बाले बक्स बाहिरबाट हानेको पावरफुल सट फराह इल टयारलाई रुफ्लेक्ट हुँदै गोलमा परिणत भयो। यो सँगै नेपालले पहिलो हाफमा १-० को अग्रता बनायो। ५९ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने उत्कृष्ट मौका खेर फाल्यो। साम्बाले दिएको सटिक क्रसमा अनमार्क पोजिसनमा रहेकी सविता राना मगरले हानेको प्रहार आकाशियो। दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गर्यो। यो क्रममा प्रमुख स्टाइकर लायला इस्कन्दरलाई समेत परिवर्तन गरेको थियो। तर पनि लेबनानले उत्कृष्ट मुभहरू बनाउन सकेन्। इन्जुरी समयमा जवहा अरबीले बक्स बाहिबाट हानेको प्रहार क्रसबारमा लागेर फर्कदा नेपाल गोल खानबाट जोगियो। दोस्रो हाफमा दुवै टिमबाट गोल नहुँदा साम्बा कै गोल निर्णायक बन्यो। १-० को जितमा लगातारको दोस्रो जित सहित नेपालले फाइनलमा स्थान बनायो। म्यानमारले पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो। च्याम्पियनसिपमा आइतवार लिगमा पहिलो खेल २ बजे लेबनान र कीर्गिस्तान तथा दोस्रो खेल साँझ ६ नेपाल र म्यानमारबिच हुनेछ। कान्तिपुर
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २०:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP