शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा भरत अर्मजा
नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा भरत अर्मजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १०, २०८१
IMG_4445
बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भरत अर्मजा मगर चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अर्मजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष दर्पण रोका मगरका अनुसार, कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर ,सचिवमा साजन पुन मगर , सहसचिवमा थबहादुर पुन मगर कोषाध्यक्षमा मेघना गर्बुजा मगर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दिजन पुन मगर , किस्मा मगर ,सलिना खोरजा मगर ,समिक्षा थापा मगर , अनिल पाइजा मगर , समिता पुन मगर ,रुविसरा पुन मगर , आइस्मा पुन मगर ,मेलिना पाइजा मगर ,सिमरन अर्मजा मगर , एन्जल पुन मगर , मेघना गर्बुजा मगर ,महेन्द्र फगामी मगर , नेत्र फगामी मगर , सुजन बुढाथोकी मगर , विशाल घर्ती मगर र दिक्षा शेरपुञ्जा मगर चयन हुनुभएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशमबहादुर जुग्जालीले अधिवेशनको उद्घाटन गर्नुभयो । उहाँले देशको हरेक परिवर्तनमा मगर लगायत आदिवासी जनजाती समुदायको योगदान महत्वपुर्ण रहे पनि राज्यको महत्वपुर्ण निकाय ,संघ संस्था लगायत क्षेत्रमा कमजोर उपस्थिति रहेको बताउनुभयो । हरेक विद्यार्थी ,युवामा राजनितिक चेतना हुन आवश्यक रहेको उहाँले जोड दिनुभयो । डा.महाविर पुन ,सन्दुक रुइत ,कुलमान घिसिङ लगायत व्यक्तीहरुको उदाहरण दिँदै पुर्व मन्त्री जुग्जालीले आदिवासी जनजाती बढी इमानदार भएको दाबी गर्नुभयो । पछिल्लो समय सहकारीको विषयमा मगर समुदायका अगुवाले नेतृत्व गरेको सहकारीलाई मात्र बदनाम गर्न लागिपरेको उहाँले गुनासो पोख्नुभयो । ‘‘ अहिले मगर समुदायका अगुवाहरुले सञ्चालन गरिरहेको कुमारी बहुउद्धेश्यीय सहकारीलाई मात्र टार्गेट गरेको देखिएको छ । त्यसो होइन भने अन्य झनै संकटग्रस्त सहकारी सञ्चालकलाई किन जोगाइयो ,’’ उहाँले प्रश्न गर्नुभयो । साथै उहाँले प्रशासनिक क्षेत्रमा उपस्थिति बढाउन मगर समुदायका विद्यार्थीहरुलाई लोकसेवा आयोग तयारी कक्षा लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै आफुले सहयोग गर्ने सांसद जुग्जालीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विष्णु आले मगर , मगर संघ गण्डकी प्रदेश सदस्य टकसरा राना मगर , मगर संघ गण्डकी प्रदेश सदस्य हिरा पुन मगर , नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष खम थापा मगर र नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठार मगरले सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।    
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २०:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP