शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सोता गाउँ चिनाउन आयोजित महाशिवरात्री मेला सम्पन्न
सोता गाउँ चिनाउन आयोजित महाशिवरात्री मेला सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १०, २०८१
sota village
बेनी । पर्यटन क्षेत्रको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–४,सिंगाको सोता गाउँलाई चिनाउन आयोजित महाशिवरात्री मेला–२०८१ सम्पन्न भएको छ । सोता स्थित सोता युवा क्लको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि सञ्चालित महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । मेलामा सञ्चालित २० हजार रुपैयाँ पुरस्कार राशिको पुरुष छेलो प्रतियोगिताको उपाधि पोखराका दुजिक थापा मगर हात पार्नुभएको खेल संयोजक मदन आलेले जानकारी दिनुभयो । उहाँका अनुसार , पुरुष छेलोमा द्धित्तिय निसान बोहोराले दश हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो । यसैगरी प्रथम ५ हजार र द्धित्तिय २५०० पुरस्कार राशी रहेको महिला छेलो प्रतियोगितामा खिमकुमारी किसान प्रथम र आरती थापा मगर द्धित्तिय हुनुभएको छ । त्यस्तै पुरुष लठो तान्ने प्रतियोगितामा आयोजक प्रथम र द्धित्तिय बेनी नगरपालिका–२,खबराको टिम द्धित्तिय भएका दुवै टिमले क्रमशः १५ हजार र ७५०० रुपैयाँ नगद सहित प्रमाणपत्र हात पार्नुभयो । महिला लठो तान्ने प्रतियोगितामा सोता आमा समुह बी प्रथम र न्युरोड बेनी टिम द्धित्तिय भएका थिए । महिला लठो तान्ने विजेता र उपविजेताले क्रमश ः १० हजार र ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । स्लो बाइक रेस प्रतियोगितामा विजेता सौरभजंग कार्कीले ५ हजार ५५५ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । क्लब अध्यक्ष बलहादुर आले मगर , आमा समुह अध्यक्ष गंगादेबी रोका थापा मगर र स्थानीय समाजसेवी शान्ता रोका मगरले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष आले मगरले ओझेलमा रहेको सोता गाउँलाई चिनाउन मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले मेलालाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगीदाताहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सोता गाउँ तल रहेको मैदान पछिल्लो समय वनभोज गर्ने स्थलको रुपमा विकसित हुँदै गएकोले यसको विकास र प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । सोता गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर स्थानीय सरकारले पुर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । यसैगरी उहाँले गाउँमा होमस्टे (घरबास) आवश्यक रहेको बताउनुभयो ।कार्यक्रमको उद्घाटन वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २१:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP