शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला
म्याग्दीका तुल्सी पुन मगर कोरियामा झुण्डिएको अवस्थामा मृत फेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ११, २०८१
तुल्सी पुन मगर-death korea
म्याग्दी । म्याग्दीकाे निस्काेटका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोट स्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सान स्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर नेपाली समय अनुसार शनिबार राति साढे एक बजेको समयमा सोही फार्म नजिकै पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक तुल्सीका काकाको छोरा भाइ सुजन पुनले दाजु तुल्सी सँगै एउटै कम्पनीमा कार्यरत अर्का कामदार मिलन तामाङले फोन मार्फत भन्नुभएको भनाइलाई उद्धृत गर्दै भन्नुभयो ,‘‘ दाजु सँगै कम्पनीमा काम गर्ने साथी मिलन तामाङले साहुको अत्याचार र दुर्वव्यवहार सहन नसकेर तपाईको दाई तुल्सीले फार्म नजिकै रहेको पुलमा झुण्डिएर आत्महत्या गरेकाे हामीलाई जाकारी दिनुभएको छ । ’’ तुल्सी गत असोजमा मात्र ईपिएस मार्फत त्यहाँ पुग्नुभएको थियो । कोरियामा तुल्सीको मृत्यु भएको अकल्पनीय खबरले यता परिवारका सदस्यहरु शोकमा डुब्नुभएको छ । कोरियाबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारी र पत्रकार मनोज गुरुङले पनि तुल्सीको मृत्यु भएको र  शव अहिले प्रहरीले लगेर अस्पतालमा राखेको जानकारी दिनुभयो । पत्रकार गुरुङका अनुसार,आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी छ । मृतक तुल्सीका घटनाबारे कोरिया स्थित नेपाली राजदुतावास , एनआरएनए ,एमटियु , मोना लगायत नेपालीहरुले चासो दिएका छन् । मृतक तुल्सीका परिवार , कोरिया स्थित नेपाली राजदुतावास , एनआरएनए ,एमटियु , मोना लगायत नेपालीहरुले घटनाबारे गम्भिर अनुसन्धान गर्न र सङ्लग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् । कोरिया स्थित प्रवासी मजदुर संगठन (एमटियु)का अध्यक्ष उदय राईको भनाइलाई उद्धृत गर्दै पत्रकार गुरुङले भन्नुभयो ,‘‘ झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएका  तुल्सी पुन मगरको शव अहिले प्रहरीले लगेर अस्पतालमा राखेको छ । शनिबार र आइतबार कोरियामा बिदा भएकोले मृतक तुल्सीको घटना बारेमा सोमबारदेखि थप अनुसन्धान प्रक्रिया अगाडी बढ्ने जानकारी प्राप्त भएकाे छ । अध्यक्ष राई यहाँको प्रहरी अधिरकारीहरु सँग निरन्तर सम्पर्कमा हुनुहुन्छ ।’’ केही समय अघि मात्र मृतक तुल्सी सहित सँगै  कम्पनीमा कार्यरत अन्य उहाँका साथीहरुले सामुहिक रुपमा सामाजिक सञ्जाल मार्फत आफुहरुलाई कम्पनीका साहु र फार्ममा काम लगाउने अर्का नेपालीले नै शारीरिक र मानसिक रुपमा अत्याचार र दुर्वव्यवहार गरेको भन्दै उद्धार गर्न अपिल गर्नुभएको थियो । ‘‘हामीलाई कम्पनीका साहु र काममा लगाउने नेपालीले यहाँ आएको केही समयदेखि नै दैनिक साह्रै अत्याचार गर्ने ,यातना दिने गरेको छ । सिसि क्यामेरा नभएको कुनामा लगेर गाली गर्ने , दुर्ववहार गर्ने लगायत कुटपिट गर्नेगर्दछ । त्यसैले यो कम्पनीमा बस्न सक्दैनौ कृपया हामीलाई यहाँबाट उद्धार गरेर सहयोग गर्न अपिल गर्दछौं,’’मृतक तुल्सी सहित ७ जना साथीहरुले सामुहिक रुपमा सहयोगको याचना गरेको भिडिओमा देख्न सकिन्छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडिओमा मृतक तुल्सी पुन मगर सहित साथीहरु लालबहादुर तामाङ ,प्रेमबहादुर तामाङ ,घनश्याम घिमिरे लगायत ७ जनाले सहयोगको लागि सामुहिक याचना गर्नुभएको थियो । मोना कोरियाका अध्यक्ष भण्डारीका अनुसार , उक्त फार्ममा कार्यरत करिब ८ जना नेपालीहरु समस्या परेका छन् । मृतक तुल्सी पुन मगरका एक दाजु र एक बहिनी हुनुहुन्छ । भने बुबाआमाको पहिले नै निधन भइसकेको छ । मृतक तुल्सीका काका छोरा भाई सुजन पुनका अनुसार ,कोरियन भाषा (ईपिएस) परिक्षा पास गरेर गत असोजमा मात्र कोरिया पुग्नुभएका २८ वर्षिय तुल्सी त्यसअघि रोजगारीको सिलसिलामा साउदी अरेबीयामा एक वर्ष बसेर कोरिया जाने उद्धेश्य सहित घर आउनुभएको थियो । पत्रकार गुरुङका अनुसार ,पछिल्लो समय कोरियामा साहुको अत्याचार , समयमै तलव नपाउने ,कामको भार ,पारिवारिक तनाव लगायत विभिन्न कारण मृतक नेपालीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP