शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ११, २०८१
phto of women
बेनी । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच आइतबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेल दुई-दुई गोलको बराबरीमा सकिएको छ। खेलमा भएका चारै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा भने दुवै टोली फिनिसिङमा चुके। खेलको छैटौं मिनेटमा म्यानमारकी म्यात नो खिनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्। उनले डिबक्स बाहिर प्राप्त फ्रिकिकमा हानेको प्रहारलाई नेपालकी गोलकिपर अन्जना रानामगर रोक्न सकिनन्। पाँच मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। नेपालका लागि सविता रानामगरले गोल गर्न सफल भइन्। सावित्रा भण्डारी साम्बाले उत्कृष्ट ड्रिबलिङ गर्दै सिक्सयार्ड नजिकबाट सवितालाई पास उपलब्ध गराएकी थिइन्। जसमा सविताले उत्कृष्ट फिनिसिङ गरिन्। १६ मिनेटमा म्यानमारले दोस्रो पटक खेलमा अग्रता लियो। उसका लागि मे लुले खेलको डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिइन् । ४१ मिनेटमा नेपालले दोस्रो पटक बराबरी गोल गर्न सफल भयो। सरु लिम्बूले डिबक्स नजिक दिएको पासलाई प्रिति राईले साम्बालाई उपलब्ध गराइन्। उत्कृष्ट रनिङ गर्दै बल अघि बढाएकी साम्बाले उतिकै उत्कृष्ट फिनिसिङ गर्दा नेपालले खेललाई २–२ को बराबरीमा ल्याउन सफल भयो। पहिलो गोलका लागि उत्कृष्ट पास मिलाएकी साम्बाले दोस्रो हाफमा उतिकै उत्कृष्ट फिनिसिङ गर्दै पहिलो हाफमा छाउन सफल भइन्। दोस्रो हाफको इन्जुरी समयमा नेपाल फिनिसिङमा चुकेको थियो। नेपालले डिबक्समा बल पुर्‍याए पनि अन्तिम पास दिन भने चुकेको थियो। दुवै टोली लिग चरणमा किर्गिस्तान र लेबनानलाई पराजित गर्दै फाइनल पुगिसकेका छन्। अब आगामी बुधबार साँझ छ बजे नेपाल र म्यानमार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनलअघि आफूभन्दा ४८ स्थान माथि वरीयताको म्यानमारलाई बराबरीमा रोकेपछि नेपालको आत्मविश्वास बढेको छ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP