शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ७६ वर्षको उमेरमा नागरिकता पाएपछि दुखुबेशीकी जसमती खुशी
७६ वर्षको उमेरमा नागरिकता पाएपछि दुखुबेशीकी जसमती खुशी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १३, २०८१
jasmati
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । बि.सं.२००५ साल मङ्सिर महिनाको १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।श्रीमान बलबहादुर बिकले पहिला नै कान्छी श्रीमती ल्याएर पहिलै,अन्य आफन्तको बेवास्ता ,जग्गा जमिन पनि केही नभएको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष पथबहादुर रोका मगरले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सनाखत बसेर नागरिकता बनाइदिनुभएको हो । सदरमुकाम बेनीदेखि २४ किलोमिटर टाढाको दुरीमा रहेको दरबाङबाट वडा अध्यक्ष रोकाले आफ्नै व्यक्तीगत खर्चमा जसमतीलाई जिल्ला प्रशासन कार्यालय ल्याउनुभएको हो । पहिले श्रीमानले कान्छी श्रीमती ल्याएर बेवास्तामा पर्नुभएकी ७६ वर्षिया जसमती सोही गाउँपालिकाको वडा नम्बर ४ मा विवाह गरेर जानुभएकी छोरीको परिवार सँगै बस्दै आउनुभएको छ । श्रीमानको पनि पहिलै निधन भएको वडा अध्यक्ष रोका मगरले जानकारी दिनुभयो । वडा अध्यक्ष रोका मगरले जसमतीको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सबै बेहोरा खोलेर ल्याउन आग्रह गर्नुभएको थियो । नागरिकता बनाउन ति महिलालाई साथमा नै लिएर सदरमुकाम बेनी आउनुभएका वडा अध्यक्ष रोकाले नागरिकताको प्रमाणपत्र बनेपछि खुशी व्यक्त गर्दै भन्नुभयो ,‘‘ श्रीमानले पहिले नै अर्की श्रीमती ल्याएर हेलामा पर्नुभएकी जसमती शारीरिक रुपमा अशक्त ,आफन्तको बेवास्ता ,जग्गा जमिन पनि केही नभएको , अब वृद्ध अवस्थामा नेपाली नागरिकता बनाइदिन पाए कम्तीमा राज्यले दिने ज्येष्ठ नागरिक भत्ता त आउँथ्यो भनेर मैले आफै व्यक्तीगत प्रयासमा खोजेर ल्याएँ । प्रमुख जिल्ला अधिकारीले पनि समस्या बुझ्नुभएपछि उहाँको नागरिकता बन्यो । ’’ वडा अध्यक्ष रोका मगरका अनुसार , मङ्गलबार नै राष्ट्रिय परिचयपत्र बनाउनुभएको छ । मङ्गलबार नै दरबाङ स्थित वडा कार्यालय पुगेर सामाजिक सुरक्षा भत्ताको लागि उहाँको फाराम भरिदिने वडा अध्यक्ष रोका मगरले बताउनुभयो । ‘‘नागरिकता बनेपछि महिनाको चार हजार रुपियाँ भत्ताले एक जनाको दुःख–सुख जीविका चल्छ’’ उहाँले थप्दै भन्नुभयो । नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रजिअ ढकालले भन्नुभयो ,‘‘ ढिलै भए पनि हिँसा पीडित महिलाले राज्यको सेवा सुविधा उपयोग गर्ने अवसर मिल्यो ।’’ नागरिकता प्राप्त गरेपछि भावुक बन्नुभएकी जसमतीले वडा अध्यक्ष रोका र प्रजिअ ढकाललाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २१:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP