शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपालको उपाधि जित्ने सपना अधुरै
नेपालको उपाधि जित्ने सपना अधुरै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन १४, २०८१
inbound1601430659336017778
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको पहिलो उपाधि जित्ने सपना बुधबार पनि पूरा हुन पाएन । दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा म्यानमारले नेपाललाई २–० ले पराजित गरेको हो । खेलमाथि नेपालको पूर्ण नियन्त्रण रहे पनि टिमले त्यसको फाइदा उठाउन सकेन र म्यानमारले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा गोल गरेको हो । यु पर किनले खेलको ६२ औं मिनेटमा गरेको गोलको मद्दतले म्यानमारले अग्रता लिएको थियो । एक गोलले पछाडि रहेको स्थितिमा नेपाल थप दबाबमा आयो र गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गरिन् । विनको प्रहार जोगाउन क्रममा गीताले बललाई आफ्नै पोस्टको दिशा दिइन् । खेलको ७० औं मिनेटमा रश्मिकुमारीको प्रहार म्यानमारकी गोलरक्षक म्यो म्या म्याले जोगाइन् । पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको थियो । म्यानमारकी सान थउ थउले २४ औं मिनेटमा गरेको प्रहारलाई गोल लाइनबाट विमला विकले जोगाएकी थिइन् । यस्तै खेलको ३५ औं मिनेटमा सावित्रा भण्डारी, रेखा पौडेल र सविता रानामगरले लगातार मौका पाए पनि त्यो निर्णायक सावित हुन सकेन । नेपालले खेलेको यो १३ औं फाइनल हो र ती सबैमा नेपाल पराजित रहेको छ । नेपालले म्यानमारको सामना गरेको यो छैटौं खेल हो । यसमध्ये नेपालले अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन । नेपालको चार दशकयता पहिलो उपाधि जित्ने सपना अधुरै रहेको छ । सन् २०१९ मा भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनलमा पनि म्यानमारले नेपाललाई नै हराएको थियो ।कान्तिपुर
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP