शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई
‘प्रथम तरुण कप’को उपाधि घतान (ए)र अन्नपुर्ण गाउँपालिकालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १६, २०८१
IMG_5325
नारच्याङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको छ । भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको छ । शुक्रबार अन्नपुर्ण गाउँपलिका–४, नारच्याङमा सम्पन्न फाइनल खेलमा भगवतीलाई पराजित गर्दै घतान एले एक लाख एघार हजार ,ट्रफी ,मेडल ,प्रमाणपत्र सहित उपाधि उचाल्न सफल भएको हो । अन्नपुर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई पराजित गर्दै ७७ हजार सात सय ७७ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र सहितको अन्तर पालिका स्तरीय महिला भलिबलको प्रथम तरुण कप हात पार्न सफल भएको हो ।यसअघि प्रदेश सभा क्षेत्र (ख) अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिता दरबाङमा सम्पन्न भइसकेको छ । उपविजेता भएको भगवतीले ६६ हजार छ सय ६६ रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा महिला भलिबल तर्फ उपविजेता बनेको मंगला गाउँपालिकाले ४४ हजार चार सय ४४ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्न सफल घतान एका खेलाडी अर्जुन खत्री र मंगला गाउँपालिकाकी रिक्जना माझी पुरस्कृत हुनुभयो ।घतान एले भगवतीलाई दुई विरुद्ध तीन सेतले पराजित गरेको हो । भने अन्नपुर्णले एकका विरुद्ध तीन सेतले पराजित ग¥यो । महिला भलिबलमा पाँच गाउँपालिका र वडा स्तरीय भलिबल खेलमा १६ टीमले सहभागिता जनाएका थिए ।   विजेता र उपविजेताहरुलाई नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,आयोजक तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ , पुर्व सहसभापति नेत्रबहादुर महत,उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी , निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी ,कांग्रेस बेनी नगर सभापति रबिन्द्र ,कार्की ,सचिव हिराबहादुर पुन , धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,तरुणदल केन्द्रिय सदस्यहरु सुमन श्रेष्ठ , मुकुन छन्त्याल र शिव केसी ,कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समितिका सभापति चित्र कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गर्बुजाले खेलले नै खेलाडी सहित ,टोल समाज र देशलाई नै एकताबद्ध गराउ सहयोग पुग्ने बताउनुभयो । उहाँले तरुणदलद्धारा आयोजित प्रतियोगिताले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकास , समग्र जिल्लाको विकासका लागि आफुले सक्दो काम गरिरहेको बताउनुभयो । कार्यक्रम संविधान सभा सदस्य बानियाँ ,पुर्व जिल्ला सहसभापति महत ,म्याग्दी–काठमाडौं सम्पर्क समितिका सभापति कार्की लगायतले प्रतियोगिताले युवाहरु विच एकआपसमा एकताको भावना, खेलकुदको विकास र प्रवद्र्धनमा सघाउ पुगेको बताउनुभयो । तरुणदल अध्यक्ष रोकाले खेलकुद क्षेत्रको विकास ,खेलप्रतिभाको पहिचान , पार्टीलाई जनता समक्ष लैजान र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरेको बताउँदै सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी उहाँले आगामी दिनमा पनि थप यस्तै सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने उद्घोष गर्नुभयो । तरुणदल जिल्ला सचिवद्धय नगेन्द्र मल्ल र सुमन बानियाँले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।    
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP