शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’लाई म्याग्दीमा नागरिक अभिनन्दन (फोटो फिचर)
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’लाई म्याग्दीमा नागरिक अभिनन्दन (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २२, २०८१
nirmal purja
बेनी । पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा निम्स दाइ’का लागि बिहीबार म्याग्दीको बेनीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई स्वागत तथा सम्मान कार्यक्रममार्फत नागरिक अभिनन्दन गरिएको हो । मूल समारोह समितिको आयोजना र बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला, मालिका, धवलागिरि गाउँपालिका, म्याग्दी उद्योग वाणिज्य संघ तथा मिलन म्याग्दीको सहयोगमा पर्वतारोही पूर्जालाई नागरिक अभिनन्दन गरिएको समितिले जनाएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र, नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीसहित विभिन्न क्षेत्रबाट पूर्जालाई स्वागत, सम्मान र नागरिक अभिनन्दन गरिएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले छोटो समयमा नै पर्वतारोहणको क्षेत्रमा विश्व किर्तिमान कायम गर्न सफल बनेको भन्दै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरिएको मूल समारोह समितिले जनाएको छ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ इतिहास कायम गरेर गृहजिल्ला म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै नागरिक अभिनन्दन गरिएको समारोहका मूल संयोजक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । पर्वतारोहणको क्षेत्रमा पूर्जाले अक्सिजन विना नै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरुको चुचुरोमा पाइला टेकेर सातवटै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही हुनुहुन्छ । पूर्जाले म्याग्दीमा रहेको विश्वको सातौं अग्लो धौलागिरि र १०औं अग्लो चुचुरो अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्नुभएको थियो । नागरिक अभिनन्दनपछि पर्वतारोही पूर्जाले आफ्नो अनुभव सुनाउँदै नेपालको विकासका लागि पर्वतारोहणको क्षेत्रमा धेरै सम्भावनाहरु रहेको बताउनुभयो । उहाँले देश विकास गर्न अब गाउँ गाउँबाट अभियान चलाउनुपर्ने बताउनुभएको छ । सोही अवसरमा पर्वतारोहीद्वय निङमाडेबिट शेर्पा र पुरुषोत्तम नेपालीले पनि आ–आफ्नो अनुभव सुनाउनुभएको थियो । बेनी नगरपालिका–३, भकिम्लीका १०१ वर्षीय भैरवबहादुर हुमेनले उद्घाटन गर्नुभएको पर्वतारोही पूर्जालाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र विद्यार्थी नेता प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्दै म्याग्दीलाई साहसिक पर्यटनको हवका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, विभिन्न वडाका वडाध्यक्षहरु र जनप्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम बेनीबजारमा जिल्लास्थित विभिन्न संघसंस्थाहरुको सहभागितामा प्लेकार्डसहित ¥याली निकालिएका थियो । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/JfQPlKD8Xmc[/embed] भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/HMJjI1f_0WE[/embed] बेनीबजारका स्थानीयवासीले आ–आफ्नो घर अगाडि जलघडा राखेर पूर्जाको स्वागत गर्नुका साथै घरका छत र बराण्डबाट जलफुलले वर्षा गरिएको थियो । कार्यक्रम मूल संयोजक गौतमको अध्यक्षता एवं स्वागत र सदस्य तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP