शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरि गाउँपालिकामा संयुक्त बजार अनुगमन, म्याद सकिएका अखाद्य पेयपदार्थहरु धेरै भेटियो
धवलागिरि गाउँपालिकामा संयुक्त बजार अनुगमन, म्याद सकिएका अखाद्य पेयपदार्थहरु धेरै भेटियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २४, २०८१
IMG_6506
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीमा शुक्रवार संयुक्त बजार अनुगमन भएको छ । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा बजार अनुगमन गरिएको जनाइएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य र पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलको विशेष उपस्थितिमा मुनाको विभिन्न स्थान र धारापानीमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट र बेकरीको अनुगमन गरिएको छ । अनुगमन टोलीले धारापानीमा रहेको सविना गेष्ट हाउस, अमृत ब्रदर्श किराना पसल, निशान एण्ड निश्चल किराना पसल, सक्षम किराना पसल, रुपकला विकको किराना पसल र खुसीका किराना पसलमा अनुगमन गरेको थियो । यसैगरी मुना र फलियागाउँमा सञ्चालित शेरपुञ्जा किराना पसल, पुन ब्रदर्श किराना पसल, जमुना पुन किराना पसल, पुन किराना पसल, जेभी किराना पसल, समिर होटल एण्ड किराना पसल, बिर्सना किराना पसल र राजेश किराना पसलमा अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । धारापानी र मुनाको विभिन्न स्थानमा सञ्चालित १४ वटा किराना तथा खाद्यान्न पसल, २ वटा होटल र रेष्टुरेण्टमा अनुगमन गरी कुल २५ हजार सातसय ९० रुपैयाँ बराबरको म्याद सकिएका पेर्यपदार्थ र खाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले बताउनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा सबैभन्दा ठूलो परिमाणमा उपभोग गर्ने म्याद सकिएका कोकाकोला, स्प्राईट, मिरिण्डा, फेन्टालगायत पेयपदार्थहरु भेटिएका छन् । यसका साथै सुजी, भुजा, चिउरा, सस, घ्यु, बिस्कुटलगायत दैनिक उपभोग्य सामानहरु पनि म्याद नाघेको भेटिएपछि ती सबै पेयपदार्थ र खाद्यवस्तु जफत गरेर नष्ट गरिएको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठूल्ठूला पसल र डिलर तथा गाउँगाउँमा सामान बिक्री गर्न लैजाने व्यापारीहरुले म्याद सकिएका सामानहरु ग्रामीण भेगमा लगेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न टाँसीमा राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्डहरु नराखेको, एउटा नामको पसल दर्ता गरेर अर्को कारोबार गरेको, पसल दर्ता र नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका थिए । त्यस्तै मुनामा सञ्चालित कोशेली बेकरी उद्योगले उत्पादन गरेको पाउरोटीलगायत बेकरीका आईटमहरुमा लेबल नटाँसिकनै खुलेआम रुपमा बिक्री गरेको पाइएको छ । अनुगमनमा भेटिएका कमजारीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ अनिशा आचार्यले बताउनुभयो । उपभोक्ताहरुको हकहित र स्वास्थ्यलाई मध्यनजर गरी व्यवस्थित तरिकाले पसल सञ्चालन गर्ने वातावरण निर्माण गर्नका लागि बजार अनुगमन गरिएको थियो । पर्यटन तथा उद्योग कार्यालय प्रमुख कँडेलले पसल दर्ता गरेर मात्रै सञ्चालन गर्न, समय समयमा नवीकरण गर्न, म्याद सकिएका सामानहरुलाई छुट्टै व्यवस्थापन गर्न, पसलमा मूल्यसूची र साइनबोर्ड राख्नेलगायत सुझावहरु दिइएको बताउनुभयो । अनुगमन कार्यमा जिल्ला प्रशासन र पर्यटन तथा उद्योग कार्यालयका कर्मचारी, धवलागिरि गाउँपालिकाको प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । पालिकास्तरमा सञ्चालित पसलहरुको समय समयमा बजार अनुगमन गरी चुस्तदुरुस्त बनाउने र उपभोक्ताहरुलाई सचेत बनाउन व्यावसायिक तथा उपभोक्ता हितका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।  
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १८:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP