शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वित्त आयोगको कार्यसम्पादनमा बेनी नगरपालिका गण्डकीमा पहिलो , देशभरमा दोस्रो
वित्त आयोगको कार्यसम्पादनमा बेनी नगरपालिका गण्डकीमा पहिलो , देशभरमा दोस्रो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २५, २०८१
beni-nagar-myagdi--
बेनी । म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिका कार्य सम्पादन मुल्याङ्कनमा गण्डकी प्रदेशमै पहिलो र देशरभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा नगरपालिका गण्डकी प्रदेशमा पहिलो र देशभरमा दोस्रो भएको हो ।

बेनी नगरपालिका सहित स्थानीय तहले प्राप्त गरेका कार्यसम्पादन मुल्याङ्कनको नतिजा हेर्न यहाँ लिङ्कमा क्लिक गर्नुहोस् ।

आयोगले देशभरका स्थानीय तह र सात वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कार्यसम्पादनलाई १७ वटा सूचकको आधारमा मूल्याङ्कन गरेर अन्तिम नतिजा सार्वजनिक गरेको हो । यसअघि माघ ३० गते प्रारम्भिक नतिजा सार्वजनिक गरेको आयोगले छुटेका कागजात पेश गर्न सात दिनको समय दिएको थियो । प्रारम्भिक नतिजामा ६७.२७ अंक प्राप्त भएकोमा छुटेका कागजात पेश गरेपछि अन्तिम नतिजामा ८०.१७ अंक प्राप्त भई गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमा पहिलो र देशभरका सात सय ५३ स्थानीय तहमा दोस्रो स्थान हाँसिल भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा डडेल्धुराको अमरगडी नगरपालिकाले ८१.६६ अंक प्राप्त गरि देशभर पहिलो भएको छ भने इलामको सुर्योदय नगरपालिकाले ८०.०५ र अर्घाखाँचिको सन्धिखर्क नगरपालिकाले ८०.१३ अंक प्राप्त गरेका छन् । म्याग्दीको मङ्गला गाउँपालिकाले ६९.५, धवलागिरीले ४०.९, रघुगङ्गाले ६९.४, मालिकाले ६८.७ र अन्नपूर्ण गाउँपालिकाले ६० अंक पाएको छ । गण्डकी प्रदेशमा बेनी नगरपालिकापछि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको छ ।आयोगले असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्याङ्कन गरेको हो । त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १–६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् । कार्यसम्पादन मूल्याङ्कन नतिजाले आयोगले प्रदान गर्ने वित्तीय समानीकरण अुनदान बढाउन सहयोग पुग्ने नगरपालिकाको भनाइ छ । कर्मचारी र जनप्रतिनिधीहरुबीच समन्वय, सेवा प्रवाहमा प्रविधिको प्रयोग, मापदण्ड र प्रक्रीयाको पूर्ण पालना गरिएकाले राम्रो नतिजा प्राप्त भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP