शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • यसरी मनाइयो मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)
यसरी मनाइयो मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २७, २०८१
sthapana diwas malika
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी ¥याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ बर्षिया ज्येष्ठ नागरिक धनमती गुरुङले उद्घाटन गर्नुभएको थियो । स्थापना दिवसको अवसरमा गाउँपालिकाले राजनीतिक तथा सामाजिक , शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायतका क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको थियो । सो अवसरमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ ।तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका बिर बहादुर कार्कीको सम्मानमा उहाँको परिवारलाई उक्त सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरुङ, बाँस निगालो तथा चोयाका सामाग्री निर्माण गर्ने भरीबहादुर पटेल, व्यवसायिक कृषि क्षेत्रमा योगदान पु¥याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्ण बहादुर रोका, बिसम कृषि फर्मका सञ्चालक भुपेन्द्र शर्मा सहित हरेक वडाबाट एक ÷एक जना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि बि.सं.२०७८ सालदेखि हालसम्म  कक्षा ८ र १० को परिक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई व्यक्तिगत रुपमा रु १० हजार र छात्रा कबड्डीमा समुहमा स्वर्ण दिलाउने छात्राहरुको समूहलाइ रु २० हजार सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने संस्कारको सुरुवात गरेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । गाउँपालिका अध्यक्ष गर्बुजाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीदेवी घर्तिको स्वागत रहेको कार्यक्रममा नेकपा एमाले गाउँपालका कमिटीका उपाध्यक्ष सन्तनाथ जैसी, नेपाली काँग्रेस गाउँपालिका कमिटीका अध्यक्ष खिमबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा, वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका, गाउँपालिका निवर्तमान उपाध्यक्ष खरमायाँ बिटालु, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो भने सञ्चारकर्मी अमित विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।    
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २२:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP