शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा होली पर्व मनाइयो
म्याग्दीमा होली पर्व मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २९, २०८१
holi myagdi 2081
बेनी । रङहरुको पर्व होली यसवर्ष म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली)पर्व सदरमुकाम बेनीबजारसहित जिल्लाको ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा साथीभाई र आफन्तहरुबीच एकापसमा रङ लगाएर मनाइएको हो । होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले आ–आफ्नो उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरु दलेर शुभकामना साटासाट गरी होली पर्व मनाएका छन् । सबै फोटो हेर्न यहाँ क्लिक गर्नुहोस् होली पर्वमा साना बालबालिका, युवापुस्ता, शिक्षक, विद्यार्थी, सर्वसाधारण, उद्योगी, व्यापारी, कर्मचारी, संघसंस्था लगायतले सहभागिता जनाएका थिए । होलीमा विभिन्न प्रकारका रङ लगाउँदै म्युजिकको तालमा गाउँदै, नाच्दै युवापुस्ता र बालबालिकाहरु रमाए।स्कुले बालबालिकाहरुले समेत आ–आफ्नो अनुहारमा विभिन्न किसिमका रङहरु दलेर होली पर्व मनाएका छन् । बेनीबजारका सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फ्याँकेर रमाइलो गरिएको थियो । यसैगरी अण्डा समेत प्रहार गरिएको थियो ।होलीमा सहभागी युवाहरु गीतसङ्गीतमा छमछमी नाचेका थिए । बेनीबजारसहित जिल्लाको अन्य बजार क्षेत्रमा होली विशेष कार्यक्रम गरिएको छ । यसैबीच म्याग्दी जेसीजको आयोजनामा खुल्लामञ्चमा होली विषेश कार्यक्रम गरिएको छ । गायक सम्भोज मल्ल, चन्द्र पुन लगायतको प्रस्तुत रहेको थियो । होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको थियो । म्याग्दीमा शान्तिपूर्ण रुपमा होली पर्व मनाइएको र अप्रिय खालको कुनै पनि घटना नघटेको म्याग्दी प्रहरीले जनाएको छ ।नेपालमा प्रचलित विभिन्न संस्कृतिहरुमध्ये होलीको आफ्नै किसिमको महत्व रहेको छ । रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा पनि होली मनाउने गरिएको पाइन्छ । होलीमा लगाइने रङहरुको आ–आफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुनेहुँदा सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ ।हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होलीको आफ्नै खालको विशेषता रहेको छ । थकाली समुदायमा प्रमुख चाडका रुपमा मानिने हुँदा उनीहरुले मङ्गलबारदेखि नै होली पर्व मनाउन सुरु गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP