शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नयाँ वर्षको अवसरमा डाँडागाउँमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
नयाँ वर्षको अवसरमा डाँडागाउँमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २९, २०८१
eed880b4-dcc2-4f66-b2e2-77bf9d15f555
बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा आगामी नयाँ वर्षको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । डाँडागाउँ स्थित सामाजिक क्रियाकलापमा सक्रिय जनसाहारा युवा क्लबको आयोजनामा आगामी चैत २३ गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्ने भएको हो । मेला अध्यक्ष याम बुढाका अनुसार , मेलामा स्थानीय क्लब स्तरीय पुरुष भलिबल , महिला भलिबल , प्रौढ भलिबल ,सो–डान्स प्रतियोगिता , सामुहिक नृत्य प्रतियोगिता , पुरुष छेलो प्रतियोगिता ,महिला छेलो प्रतियोगिता र क्लब स्तरीय तारोखेल प्रतियोगिता संचालन हुनेछन् । पुरुष भलिबलमा विजेता र उपविजेताले क्रमश ः ८० हजार र ५० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र , महिला भलिबलका विजेता र उपविजेताले नगद २५ हजार र १५हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी , प्रौढ भलिबलमा विजेता र उपविजेताले नगद ३० हजार ,१७ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लब सचिव प्रतिक्षा बुढाथोकीले जानकारी दिनुभयो । । तारोखेल संयोजक कुमार घर्तीका अनुसार, क्लब स्तरीय तारोखेल प्रतियोगिताका प्रथम र द्धितिय चालिस हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन् । भने तारोखेलमा उत्कृष्ट खेलाडी र सर्वाधिक खोलकर्तालाई नगद सहित पुरस्कृत गरिनेछ ।सो–डान्स प्रतियोगिताका विजेता ,उपविजेता र सान्त्वना हुनेले ५ हजार ,३ हजार र २ हजार , सामुहिक नृत्य प्रतियोगितामा प्रथमले ८ हजार ,द्धितिय ५ हजार र तृतियले ३ हजार , पुरुष छेलो प्रतियोगितामा प्रथमले ८ हजार र ५ हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्ने क्लब सचिव बुढाथोकीले बताउनुभयो । भलिबल खेल टिटि सिस्टममा खेलाइनेछ । पुरुष भलिबलमा स्थानीय क्लब स्तरीय भन्दा बाहिरबाट दुई जना खेलाडी समावेश गर्न पाइनेछ भने प्रौढ भलिबलमा तीस वर्ष उमेर माथिका खेलाडी समावेश गर्न पाइने खेल संयोजक मन प्रसाद बुढाथोकीले बताउनुभयो । भलिबलको दर्ता शुल्क र टिमको नामावली चैत २४ गतेभित्र आयोजकलाई बुझाउनुपर्नेछ । पुरुष भलिबल तर्फ ८ हजार ,महिलाभलिबलतर्फ दुई हजार पाँच सय ,पौढ भलिबल तर्फ तीन हजार र तारोखेलतर्फ चार हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । खेलकुद क्षेत्रको विकास , खेल प्रतिभाको पहिचान ,कला संस्कृतिको प्रवद्र्धन र आपसी भाइचारा निर्माण गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष सुरज बुढाले बताउनुभयो । मेलालाई शान्तिपुर्ण भव्य रुपमा सफल बनाउनका लागि सहयोग गर्न सबैलाई उहाँको आग्रह छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २३:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP