शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • हावाहुरीले रुखबाट लडेर ताकममा एक जनाको मृत्यु , स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो
हावाहुरीले रुखबाट लडेर ताकममा एक जनाको मृत्यु , स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत ४, २०८१
Hawa-Huri-lee-Health-post-ko-chana-udayo-873x1024
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार ताकमको हुकलुङमा बाख्रा चराउन जानुभएका ताकमका ६० वर्षीय थमन खत्रीको खनिउको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बाख्रा घर फर्किएपनि सँगै गएका खत्री नफर्किएपछि खोज्ने क्रममा स्थानीयबासीले साँझ उहाँलाई मृत भेटाएका थिए । रुखमा चढेर घाँस काट्ने क्रममा हावाहुरीले हाँगा भाँचिएर रुखबाट खसेको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो ।घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । म्याग्दीमा आइतबार दिउँसो चलेको हावाहुरीका कारण विद्यालय र स्वास्थ्य संस्थाहरुको भवनमा क्षति पु¥याएको छ । जनजिवन प्रभावित भएको छ ।

स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो

यसैगरी जिल्लाकाधवलागिरी र रघुगङ्गा गाउँपालिकामा हावाहुरीले तीन वटा स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडाएको छ । शनिबार देखि आइतबार साँझसम्म करिब २४ घण्टासम्म म्याग्दी जिल्लाभर निरन्तर रुपमा तिब्र गतिको हावाहुरीले चलेको थियो ।धवलागिरी गाउँपालिका–२,लमसुङमा रहेको लुलाङ स्वास्थ्य चौकी र वडा नं–६ ,बुल स्थित बागेश्वरी आधारभूत विद्यालयको भवनको छानो उडाएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो । बागेश्वरी आधारभूतको छ कोठे र स्वास्थ्य चौकीको कर्मचारी आवासको दुई तले भवनको जस्तापाटाले छाएको छानो उडाएको हो । मुना स्थित गाउँपालिकाको प्रशासकीय भवनको छानोमा पनि हावाहुरीले क्षति पु¥याएको उपाध्यक्ष पुनले बताउनुभयो ।रघुगङ्गा गाउँपालिका–८, दुवाडीमा रहेको सुन्दरा आधारभूत विद्यालयको पाँच कोठे भवनको छानो पनि हावाहुरीले उडाएको छ । विद्यालयको पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित भएको छ । सर्वसाधारणको घरको छानो उडाएको र भित्र्याउने बेला भएको गहुँ, जौ र उवा बालीको बोट लडाएर हावाहुरीले क्षति पु¥याएको छ । धवलागिरी गाउँपालिका–७,ताकममा नेत्रलाल सुवेदी, सन्तु महतको घरको छानो उडाएको र हिलापोखरीमा गोरखनाथ पौडेल, लोकनाथ पौडेलको घरमा क्षति पुगेको स्थानीय गोपाल आचार्यले जानकारी दिनुभयो ।ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक बिक्रम तिवारीले जनप्रतिनिधी र स्थानीयबासी मार्फत हावाहुरीले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । यसैगरी बेनी नगरपालिका–४, सिंगाको ब्याडमिन्टन कोर्टमा लगाइएको जस्तापाटाको बारलाई पनि हावाहुरीले लडाएको छ ।  
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP