शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी क्याम्पसमा स्ववियु सभापति जिते पछि बेनीमा नेविसंघको विजय उत्सव (तस्बिरहरु)
म्याग्दी क्याम्पसमा स्ववियु सभापति जिते पछि बेनीमा नेविसंघको विजय उत्सव (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ६, २०८१
IMG_6569-min
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापति नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्रीले जित्नुभएको छ ।नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सभापति सहित समानुपातिक र प्रत्यक्ष तर्फ ७ सदस्य जित्दा अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित प्रत्यक्ष र समानुपातिक गरी चार सदस्य तथा अखिल क्रान्तिकारीले एक समानुपातिक सदस्य जित्न सफल भएको छ । लामो समयपछि पुनः नेतृत्व हात पारेको नेविसंघले बुधबार बेनीमा ¥याली गरी मतदातालाई धन्यवाद दिंदै विजय उत्सव मनाएको छ । जुलुसले बेनी बजार परिक्रममा गरेको थियो । सभापतिमा निर्वाचित संगम लगायत  अन्य सदस्यहरुले विद्यार्थी मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपाली कांग्रेस म्याग्दीको कार्यालयबाट सुरु भएको ¥याली मंगलाघाट हुँदै बेनी बजार परिक्रममा गरी क्याम्पसचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारी लगायत जिल्लाका शिर्ष नेताहरु ¥यालीमा सहभागिता जनाएका थिए । स्ववियु चुनावको मतपरिणामले क्याम्पसमा नेविसंघ शक्ती परिक्षण , जिल्लामा समग्र पार्टी संगठन बलियो भएको सन्देश दिएको नेताहरुको दावी थियो ।आन्तरिक एकताले मात्र निर्वाचन जित्न सम्भव भएको बताउँदै नेताहरुले  विद्यार्थी एवं कार्यकर्ताहरुलाई निर्वाचनले उर्जा र हौसला  प्रदान गरेको बताउनुभयो ।कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो ।समानुपातिक तर्फ अनेरास्ववियुले २७७ , नेविसंघले २४४ , अखिल क्रान्तिकारीले एक सय ४२ , अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले दोस्रो पटक जितेको हो । यस अघि २०६२ सालमा प्रेम सिकेले सभापति जित्नुभएको थियो ।       तस्बिर ः म्याग्दी न्युज डटकम
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २३:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP