शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ३१ जना नयाँ क्षयरोगी भेटिए
म्याग्दीमा ३१ जना नयाँ क्षयरोगी भेटिए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत ११, २०८१
IMG_E6106
बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३१ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट नयाँ क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विश्वक्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार  तथा सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रममा जिल्लाको बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, मालिकामा २, रघुगंगामा ३, मंगलामा १ र धवलागिरीमा २ जना क्षयरोगका विरामी भेटिएको क्षयरोग फोकलपर्सन गणेश सुबेदीले जानकारी दिनुभयो । https://youtu.be/O3eHt5YUJzo म्याग्दीमा गत आर्थिक बर्षमा ४७, जना क्षयरोगका विरामी भेटिएका थिए । त्यस्तै २०७९/८० मा ६३ जना क्षयरोगी फेला परेका थिए । कार्यालय प्रमुख राजेन्द्र सापकोटाले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट पीडित भएकाहरु उपचारको लागि नआउने, नियमित रुपमा औषधी सेवन नगर्ने समस्याहरु रहेको भन्दै जनचेतना फैलाउन आबश्यक रहेको बताउनुभयो । क्षयरोगबाट पीडित भएका १ व्यक्तिबाट बर्षमा १० देखी १५ जना सम्म थप संक्रमित हुन सक्ने खतरा भएकाले हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा समयमै स्वास्थ्य परिक्षण गरि उपचार गर्न प्रमुख सापकोटाले आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलक सहित विभिन्न माध्यमबाट बिरामीको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीको सुझाब अनुसार क्षयरोगीले औषधी सेवन गरेमा थप रोग फैलनबाट रोक्न सकिने बताउनुभयो । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ । नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP