शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु
जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १६, २०८१
Messenger_creation_99157F37-7C1E-47E8-8773-9557F0253D31
बेनी । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । ज्ञान तथा सिपको अभावमा रहेका सर्वसाधारण एवं नागरिकहरुलाई लक्षित गरेर सिप सिकाउने र उनीहरुलाई आत्मनिर्भर बनाउनको लागि सदरमुकाम बेनीमा तीन महिने सिपमूलक सम्बन्धी तालिम सञ्चालन गरिएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्रले जनाएको छ । केन्द्रको आयोजना र बेनी नगरपालिकाको समन्वयमा प्लम्बिङ तथा मन्टेश्वरी सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय गाउँघरमा दक्ष जनशक्ति नहुँदा हरेक काममा समस्या भैरहेको हुँदा सिप सम्बन्धी तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत सिप विकास तालिम केन्द्रलगायत अन्य संघसंस्थाहरुसँग पनि आवश्यक समन्वय गरी विभिन्न किसिमका सिपमूलक तालिम र गोष्ठीहरु सञ्चालन गरिरहेको बताउँदै तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो । तालिममा सिकेको सिपलाई श्रमसँग जोड्न आवश्यक रहेको नगर प्रमुख केसीको भनाइ छ । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले तालिम सिपमूलक भएकाले तालिमको अवधिभर पूर्ण रुपमा सक्रिय भई तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभयो । केन्द्र प्रमुख मोहनचन्द्र रेग्मीले सिप सिकाएर स्वरोजगार बनाउने तथा बेरोजगार र गरिबी घटाउनको लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । मन्टेश्वरी तथा प्लम्बिङ तालिममा कुल ४० जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्र केन्द्र प्रमुख सुवेदीको अध्यक्षता, लेखा अधिकृत नेत्रप्रसाद रेग्मीको स्वागत र बेनी नगरपालिकाका सहायक प्रशासकीय अधिकृत लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तीन महिनासम्म सञ्चालन हुने तालिम दैनिक ५ घण्टाको दरले चल्नेछ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १८:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP