शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)
मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत १७, २०८१
22962091-1c07-4d12-91b2-7667cfdf9fe5
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा भएको छ । घोषणा कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदी, जिल्ला समन्वय समिति सदस्य श्रीप्रसाद गर्बुजा ,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्री लगायतको उपस्थिती रहेको थियो । नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा १६ देखि ५९ महिनाका ७२ जना बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मराङलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष पुनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । ‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मराङलाई जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो ,’ अध्यक्ष पुनले भन्नुभयो । रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो । वडा भित्र कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक रहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ । सोमबार वडा नम्बर ५ मल्कबाङलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने भएको छ । वडा अध्यक्ष सुवेदीको अध्यक्षता, मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य चौकी अनमी साहाना शाहले स्वागत मन्तव्य राख्नुभएको थियो । \  
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २१:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP