शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ
जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १९, २०८१
manonaya
बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्षमा विष्णु रोका मगर ,सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले चैत १७ गतेको निर्णयबाट अध्यक्ष पदमा श्रेष्ठ सहित अन्य पदाधिकारीहरु मनोनित हुनुभएको हो । मनोनित सबै पदाधिकारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराउनुभएको हो । अध्यक्ष श्रेष्ठ नेपाल तरुणदलका केन्द्रिय सदस्य हुनुहुन्छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ । अध्यक्ष श्रेष्ठले सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै जिल्लामा पुर्वाधार विस्तार , खेलाडी उत्पादन र नियमित प्रतियोगिताहरु सञ्चालन गरेर समग्र खेल क्षेत्रको विकासका लागि काम गर्ने म्याग्दी न्युजलाई बताउनुभयो । जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष बन्नुभएकी रोका म्याग्दी जिल्ला भलिबल संघमा कोषाध्यक्ष र सचिव किसान भलिबल संघ म्याग्दीकै महासचिव हुनुहुन्छ । भने कोषाध्यक्ष नरेश पुन मगर म्याग्दी भलिबल संघ मालिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ । भने उहाँ तरुणदल मालिका गाउँपालिका सचिव समेत हुनुहुन्छ । समितिको अन्य सदस्यहरु अध्यक्षले पछि मनोनित गर्ने परम्परा छ । सोही अवसरमा म्याग्दी सहित ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले भागवण्डाको आधारमा खेलकुद विकास समितिका पदाधिकारीहरु मनोनयन गरेका हुन् । सोही बमोजिम म्याग्दीबाट अध्यक्ष सहित कोषाध्यक्ष कांग्रेस तथा उपाध्यक्ष र सचिव एमालेको भागमा परेको थियो । म्याग्दीमा यसअघि एमालेका युवा नेता दिनेश केसी अध्यक्ष हुनुहुन्थ्यो ।  
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १७:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP