शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए (तस्बिर/भिडिओ)
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १९, २०८१
n
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि बेनी स्थित म्याग्दी बमुखुखी क्याम्पसमा शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मुटु रोगीहरूले सेवा लिएका छन् । दुई दिनसम्म सञ्चालन हुने शिविरमा मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो । शिविरको पहिलो दिन ५६५ जनाको परिक्षण गरिएको छ । सोही अवसरमा ५२ बढी प्रकारका औषधीहरु निशुल्क वितरण गरिएको जिसस म्याग्दीका शाखा अधिकृत तथा शिविर र तालिम सहजिकरण समिति संयोजक अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ,जनस्वास्थ्य कार्यालयको तालिम हलमा सञ्चालित सिपिआर तालिममा ८७ जना सहभागी भएका छन् । तालिम भोलीसम्म सञ्चालन हुनेछ । शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्त परीक्षण गरिएको शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफुहरुको आग्रहमा शिविर सञ्चालनमा सहयोग गरेकोमा निर्देशक डा.मल्ललाई धन्यवाद व्यक्त गर्नुभयो । यस अघि उहाँकै पहल र डा.मल्लको सहयोगमा रघुगंगामा पनि शिविर सञ्चालन गरिएको थियो । शिविरमा प्रदेश अस्पताल बेनीले शिविरलाई सफल पार्न स्वाथ्यकर्मीहरू परिचालन गरेको छ ।शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी,ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पसले स्ववियु स्वंयमसेवक परिचालन गरेका छन् ।   [embed]https://youtu.be/rg70a5ZuZNk[/embed]
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP