शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा स्थानीयको सक्रियतामा सडक निर्माण, नगर प्रमुख केसीद्वारा उद्घाटन (तस्बिरहरु)
गलेश्वरमा स्थानीयको सक्रियतामा सडक निर्माण, नगर प्रमुख केसीद्वारा उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २२, २०८१
galeshwar
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा नवनिर्मित सडक ट्रयाकको उद्घाटन गरिएको छ ।  गलेश्वर बजार टोल विकास संस्थाको आयोजनामा स्थानीयवासी र टोल विकासको सक्रियतामा क्लवको पुरानो खेलमैदानदेखि शान्तिटोल सम्म जोड्ने करिब ३५० मिटर मोेटरबाटोको बेनी नगरपालिका मेयर सुरत केसीले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । मेयर केसीले निकास मिचेर नभई निकास दिएर मात्र विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्न सदैव तयार रहेको समेत बताउनुभयो । वर्षौंअघिदेखी नयाँ ट्रयाक बिस्तारको माग गर्दा समेत सम्बन्धित निकायले वेवास्ता गरे पश्चात बाध्य भएर टोल विकास संस्थाको सहकार्यमा स्थानीयको चन्दा र श्रमदानबाट नयाँ ट्रयाक विस्तार गरेको टोल सुधार संस्थाका सल्लाहकार धनपति चुहाईले जानकारी दिनुभयो । उहाँका अनुसार, स्थानीयवासीबाट चन्दा सहयोग ७५ हजार रुपैयाँ र टोल विकास संस्थाबाट ६७ हजार दुई सय रुपैयाँ गरी  कुल एक लाख ४२ हजार दुई सय रुपैयाँ र स्थानीबासीको करिब पचास हजार रुपैयाँ बराबरको श्रमदानमा नयाँ ट्रयाक विस्तार भएको छ । उक्त सडक निर्माण भए पछी फोहर व्यवस्थापनमा सहज हुनुका साथै १२ घरधुरी लाभान्वीत भएका छन् ।अप्थ्यारो र साँघुरो सडकमा ट्रयाक विस्तार गर्दै ढलान गरिएको छ । सोही कार्यक्रममा स्थानीय र जनप्रतिनिधी बीच टोल विकास संस्थाका सल्लाकार बाबुराम आचार्य, धनपति चुहाई, संस्थाका सदस्य टिका पुर्जा, गलेश्वर सानो वन उपभत्ता समितिका अध्यक्ष हर्कबहादुर बानिय, गलेश्वरधाम आमा समुहकी अध्यक्ष फुलकुमारी रोका, गलेश्वर शिवालय क्षेत्र विकास कोषका पूर्व उपाध्यक्ष भिमनाथ पराजुलीले सार्वजनिक सौचालय, गाडी पार्किङ, बृद्धाश्रम मर्मत, फूलप्रसाद पसल व्यवस्थापन, सडक स्तरोन्नती नयाँ ट्रयाक विस्तार, ढल निकास, मलामी विश्राम घर मर्मत, घटान जाने पदमार्ग रेलिङ, राममन्दिर जाने झलुङ्गेपुल संरक्षण यावत विषयमा जानकारी गराएका थिए । गलेश्वर सानो वन उपभक्ता समितिले  एक लाख ५५ हजार पाँच सय ५० रुपैयाँ लागतमा निर्माण गरेको बसपार्कदेखी घटान जाने सिडी पदमार्ग र गलेश्वर टोल विकास संस्थाले ५४ हजार ६५  रुपैयाँ  लागतमा निर्माण गरेको मल्लाज जाने झलुङ्गेपुल क्षेत्रको पदमार्ग मर्मत अवलोकन समेत गरेका थिए ।   गलेश्वर टोल विकास संस्थाका संयोजक सरबहादुर गर्बुजा (गोपाल)को अध्यक्षता बालकुमार लामिछानेको स्वागत र लोकेन्द्र खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिका–९, का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्तव्य राख्नुभएको थियो । ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २३:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP