शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग
दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २५, २०८१
IMG_7091
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङका ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारहरुलाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिका लगायत विभिन्न देशमा रहेका वडाबासीबाट संकलित ६ लाख चालीस हजार ६ सय ३८ रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त भएको हो । उक्त आर्थिक सहयोग रकम सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पीडित परिवार र आफन्तलाई वडा अध्यक्ष अकप्रसाद बिक र समाजसेवी ज्ञानबहादुर पाइजाले हस्तान्तरण गर्नुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/8xh6CEbG86k[/embed] यही चैत महिनाको ७ गते लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै भएको ट्याक्टर दुर्घटना हुँदा सोही लुलाङ गाउँका १८ वर्षिय देविन बिक र २१ वर्षिय पुर्णलाल रसाईलीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । त्यसैगरी सोही वडा स्थित खोरियाका गोकुल पाइजाको केही महिना अघि भीरबाट लडेर मृत्यु भएको थियो ।   सबै मृतक परिवारलाई जनही एक लाख एक हजार पाँच सय रुपैयाँका दरले वितरण गरिएको छ । घाइतेहरु सोही वडाका कविराज विक र कमल विक तथा मालिका गाउँपालिका–६,दरबाङका विकास बिकलाई जनही एक लाख एक हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । भने सामान्य घाइते हुनुभएका धवलागिरी गाउँपालिका–४,का किस्मत बिकलाई २२ हजार रुपैयाँ सहयोग गरिएको छ । मृतक पुर्णलालका बुबा शेरबहादुर बिकले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । वडा अध्यक्ष बिक र समाजसेवी पाइजाले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । वडा अध्यक्ष बिकले कोरोना प्रकोपको समयमा पनि प्रवासमा रहेका वडाबासीले आर्थिक सहयोग गरेको वडा अध्यक्ष बिकले बताउनुभयो । वडा अध्यक्ष बिकले पीडित परिवारलाई आर्थिक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । वडा कार्यालय सहयोगी सोम श्रीपालीले कार्यक्रम संचालन गर्नुभएको थियो ।                  
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २१:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP