शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सुशील गर्बुजा हत्या प्रकरण : ९ जनालाई एक/एक वर्ष कैद सजाय ,दुई जना अझै फरार
सुशील गर्बुजा हत्या प्रकरण : ९ जनालाई एक/एक वर्ष कैद सजाय ,दुई जना अझै फरार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २९, २०८१
बेनी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक/एक बर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार , न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित नाम ४३ (व), ४३ (त) र ४३ (फ)लाई १ बर्षको सजाय तोकिएको छ । उनीहरू हत्याको घटनामा मतियारको रूपमा दोषी ठहर भएका व्यक्तिहरू हुन्।अभियुक्तले पुर्पक्षका लागि १ बर्ष दुई महिना कारागार र सुधार केन्द्रमा विताएकाले बुधबार नै रिहा भएर परिवारको सम्पर्कमा गएका छन् । यो पनि... [embed]https://myagdinews.com/2025/04/80619/[/embed] बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालत म्याग्दीले जनाएको छ । १४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।त्यसैगरी , मुख्य अभियुक्तबाट जनही एक लाख रुपैयाँ र बाँकी ९ जनाबाट जनही २५ हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतीपुर्ति भराउने समेत फैसला गरेको छ ।रघुगङ्गा गाउँपालिका–१, बेग घर भई बेनी नगरपालिका–८, पिपलचोकका २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो । २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र ५ नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो । यसअगाडी गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । ६ जनालाई जन्मकैद (जनही २५ वर्ष) शंकर घर्ती, अमृत पुर्जा,सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो  । ०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो । १७ जना मध्ये नाबालक र साबालक गरी दुई जना अझै फरार रहेका छन् ।फरार रहेकामा गगन गर्बुजा र ४३(ह) रहेका छन् ।  
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०६:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP