शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित
अन्नपूर्ण हिमालको हिउँ पहिरोमा बेपत्ता दुई जना अझै भेटिएनन , खोजी कार्य स्थगित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ३०, २०८१
490220799_18352493593196404_5259771276486368270_n
म्याग्दी । अन्नपूर्ण हिमालमा गएको हिउँपहिरोमा बेपत्ता दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ देखि माथिको पाँच हजार ६१३ मा हिउँपहिरोमा परी सोलुखुम्बुका निग्मा तासी ( Ngima Tashi )र रिमा रिन्जे (Rima Rinje)गत चैत्र २५ गते बिहानदेखि सम्पर्कविहिन हुनुभएको थियो । मौसम खराबीको कारण हाल केही समयका लागि खोजीकार्य स्थगित गरिएको सेभेन समिट ट्रेकले जनाएको छ । पहिरोमा बेपत्ताकाको खोजीका लागि ५ शेर्पाहरूको सहयोगमा २ वटा खोज हेलिकप्टर तैनाथ गरिएको थियो । हिँउपहिरोमा हराएपछि निरन्तर हेलिकोप्टरबाट खोजी र उद्धार कार्य भएपनि फेला पार्न नसकिएको सेभेन समिट ट्रेकले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ । सेभेन समिटले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ,‘‘हामीले अथक प्रयास गर्दा पनि फेला पार्न सकेनौ, हिउँ र बरफको ढिस्कोमुनि अब यति लामो समयसम्म बाँच्न सम्भव छैन ’’ । हेलिकप्टर, ड्रोन क्यामेरा सहित अन्य उपकरणहरु समेत प्रयोग गरिएको थियो । बेपत्ता निग्मा तासी र रिमा रिन्जेको टोलीसँगै आरोहणका लागि क्याम्प ३ मा पुगेका ४ जना आरोहीहरूलाई हेलिकोप्टरको सहयोगबाट आधार शिविर झारिएको छ । हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका यात्राका लागि सहज हुने भ¥याङ सहित डोरी र अन्य संरचनाहरु समेत छियाछिया भएकाले थप तयार गरी आरोहण गर्नुपर्ने अवस्था रहेको अन्नपूर्ण आधार क्षेत्रमा रहेका आरोही दलका सदस्यहरुको भनाइ छ । यसै साता सोमबार बिहान एकैपटक ३२ जनाले हिमाल आरोहण गर्न सफल भएका थिए । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । नेपालमा रहेका हिमालहरु मध्ये जोखिममा अन्नपूर्ण पनि पर्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक आरोहण गरेको अन्नपूर्ण प्रथमलाई नेपालको जेठो हिमाल भनिन्छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर)मा पर्ने अन्नपूर्ण प्रथमसम्मको पदमार्ग अहिले म्याग्दीको प्रमुख गन्तब्य बन्दै छ ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP