शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजलामा कक्षा ८ को नतिजामा सुधार(नतिजा सहित)
जलजलामा कक्षा ८ को नतिजामा सुधार(नतिजा सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २, २०८२
natija utkrista
बेनी । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो ।पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शैक्षिक नतिजामा सुधार आएको देखिएको छ । गाउँपालिकाले संचालन गरेको कक्षा ८ को पालिका स्तरीय परीक्षमा गत वर्ष भन्दा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेले बताउनुभयो । गाउँपालिकाले गत फागुन २५ देखि चैत ६ गते सम्म आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षा संचालन गरेको थियो । प्रकाशित नतिजा अनुसार गाउँपालिका भित्र रहेका दुई संस्थागत र १४ सामुदायिक गरी १६ विद्यालयका एकसय ८६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा एकसय ३७ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत लामिछानेले जानकारी दिनुभयो । गत वर्ष ४६ प्रतिशत उत्तीर्ण भएकोमा अहिले ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले शैक्षिक गुणस्तरमा क्रमशः सुधार हुँदै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘गत वर्षको तुलनामा यस वर्ष कक्षा ८ को नतिजामा धेरै सुधार देखियो । गत वर्ष दुईसय ३० जना विद्यार्थी मध्य जम्मा ७४ जना उत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजा शून्य भएको थियो । यसवर्ष समग्ररुपमा कक्षा ८ को नतिजामा अपेक्षाकृतरुपमा सुधार भएको देखियो ।’’पालिका भित्र रहेका १३ विद्यालयको नतिजा धेरै सुधार भएको देखियो उहाँले भन्नुभयो, ‘‘ ती विद्यालयमा ६१.५३ प्रतिशत देखि सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दुईवटा विद्यालयमा पचास प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । एउटा विद्यालयमा ५५.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’’ श्री कृष्णभवन धर्म माविबाट ११ जना परीक्षामा सहभागी भएका मध्य ५ जना मात्र उत्तीर्ण भए भने लुङ्गदी आधारभूत विद्यालयमा ९ जना मध्य ३ जना मात्र परीक्षामा उत्तीर्ण भए । बनौं माविबाट ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ५ जना उत्तीर्ण भए । .जनकल्याण माविले सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । शिव मावि फर्सेबाट १५ जनाले परीक्षा दिएकोमा १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । श्री फर्से धाइरिङ माविबाट ८ जना परीक्षामा सहभागी मध्य ७ जना उत्तीर्ण भएका छन् । यसैगरी शान्ति आधारभूत विद्यालयबाट ९ जनाले परीक्षा दिएकोमा ७ जना उत्तीर्ण भएका छन् । मालिका आधार भूत विद्यालयले पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।शालिजा माविबाट १४ जनाले परीक्षामा सहभागी भएकोमा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ज्योति माविले पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । ग्रामप्रकाश माविबाट १३ जना विद्यार्थीले परीक्षामा सहभागी भएकोमा ८ जना उत्तीर्ण भए । फट्केढुङ्गा आधारभूत विद्यालयबाट ६ जनाले परीक्षा दिएकोमा ४ जना उत्तीर्ण भए । अमृत आदर्श प्याराडाइज एकेडेमीबाट २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २१ जना उत्तीर्ण भए । न्यू होराइजन माविबाट २१ जनाले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । विद्याज्योति माविबाट २६ जनाले परीक्षा दिएकोमा १६ जना उत्तीर्ण भएका छन् । ज्योतिमण्डल माविबाट ७ जनाले परीक्षा दिएकोमा ५ जनाले उत्तीर्ण गरेका छन् । परीक्षा संचालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी अनुगमन गर्ने व्यवस्था मिलाएर परीक्षा संचालन गरिएको शिक्षा शाखाका अधिकृत लामिछानेले बताउनुभयो । सबै उत्तरपुस्तिकालाई गाउँपालिका केन्द्रमा संकलन पश्चात कोर्डिङ गरेर विषय विशेषज्ञ शिक्षकबाट उत्तरपुस्तिकाको जाँचेर नतिजा सार्वजनिक गरिएको उहाँले बताउनुभयो । गत वर्ष शून्य विद्यार्थी उत्तीर्ण गराएका विद्यालयले यसवर्ष सुधार गरेको उहाँले बताउनुभयो । गत वर्ष शालिजा माध्यमिक विद्यालय र ज्योती माविको नतिजा शून्य आएको थियो । यस वर्ष भने ती विद्यालयले नतिजामा सुधार ल्याएको शिक्षा शाखाका अधिकृत लामिछानेले बताउनुभयो ।गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि संचालन गरेको शैक्षिक सुधार कार्यक्रमको प्रतिफल प्राप्त हुनथालेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक कार्ययोजना निर्माण गरेर लागू गरेको उहाँको भनाई छ ।   उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक कार्ययोजना निर्माण गरी लागू गरेका छौं । जनप्रतिनिधि, शिक्षक,विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवालाहरुलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि जिम्मेवार बनाउँदै शैक्षिक जागरण र चेतनाको अभिवृद्धीमा पालिका जुटेको छ ।’’
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २०:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP