शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी मिडिया सोसाईटीको ९ औं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता
म्याग्दी मिडिया सोसाईटीको ९ औं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ६, २०८२
492027529_9724114487652217_4384554929615677124_n
बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दी का अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा आयोजक मिडिया सोसाईटी तीनका विरुद्ध ६ गोल गर्दै विजेता बन्न सफल भयो । विजेता आयोजकलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ , म्याग्दी मिडिया सोसाईटी अध्यक्ष अमित विश्वकर्मा, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । यसैगरी महासंघ टिमलाई पनि सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा चार गोल गर्न सफल आयोजक मिडिया सोसाईटीका सचिव समेत रहनुभएका राकेश शर्मा सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत हुनुभयो भने आयोजक टिमकै अर्का खेलाडी किरन कार्की उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले फुटसल प्रतियोगिताले शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सहयोग पुग्ने बताउनुभयो ।फुटसल लगायत खेलकुद प्रतियोगिताले सामाजिक सद्भाव कायम गर्न र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम र जिल्ला फुटबल संघका अध्यक्ष बानियाँले वार्षिकोत्सवको अवसरमा मिडिया सोसाईटीलाई शुभकामना व्यक्त गर्नुभयो । मिडिया सोसाईटी अध्यक्ष विश्वकर्माले संस्थाले स्थापनाकाल समयदेखि नै जिल्ला स्थित संचालित सञ्चारमाध्यमको सवलीकरण र प्रवद्र्धनका लागि काम गर्दै आइरहेको बताउनुभयो । पत्रकार तथा सञ्चारकर्मीबीच एकआपसमा सद्भाव बढाउन र फुटसल खेलको प्रवद्र्धनमा टेवा पु♣याउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उहाँको भनाइ थियो । मिडिया सोसाईटी सचिव राकेश शर्माले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष साधन राम्जालीले स्वागत मन्तव्य राख्नुभएको थियो । मिडिया सोसाईटी विक्रम संवत् २०७४ सालमा स्थापना भएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २२:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP