शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक
धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ७, २०८२
dhaulagiriko git bimochan (1)
काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गीत सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंले तयार पारेको गीतको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले शनिबार सार्वजनिक गर्नुभएको हो । गीतमा लोक गायक खड्ग गर्बुजाको शब्द, स्वर र संगित रहेको छ ।नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा गीतका साथै समाजले प्रकाशन गरेको क्यालेण्डर पनि बिमोचन भएको थियो । अग्रजहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम पनि भएको समाजले जनाएको छ । कार्यक्रममा प्रतिनिधीसभा सदस्य गर्बुजाले म्याग्दीको विकासका लागि जनप्रतिनिधीको भूमिका निर्वाह गरिरहेको बताउनुहुँदै जनताको आपतविपद् र समस्यामा सधैं साथमा रहेको बताउनुभयो । उहाँले काठमाडौंमा रहेका धवलागिरी गाउँपालिका बासिहरु एकतावद्ध भएर गाउँठाउँको पहिचान र सामाजिक एकताका लागि प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिनुभयो । यसैगरी तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले काठमाडौंमा रहेर धवलागिरीको पर्यटन र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न भएको प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।उहाँले सम्मानले आफूलाई हौसाला मिलेको बताउनुभयो । समाजका प्रमुख सल्लाहकार दिपबहादुर छन्त्यालले लामो प्रयासपछि धवलागिरी चिनारी गीत सार्वजनिक गर्न सफल भएको बताउदै म्युजिक भिडियो पनि तयार पारिने जानकारी दिनुभयो । म्युजिक भिडियो निर्माणका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पुर्वअध्यक्षहरु तेजप्रकाश पुन (मेजरमान), योगेन्द्र केसी, चक्र थापा र अमर छन्त्यालहरुबाट प्रायोजन हुने गरि एक/एक लाख रुपैयाँ आर्थिक सहयोग हुने छन्त्यालले कार्यक्रममा जानकारी दिनुभयो ।काठमाडौंमा बस्ने धवलागिरी गाउँपालिका अन्तर्गतका सातै वडाका कलाकारहरुको नृत्य सहित गीत प्रस्तुत गरिएको थियो । विभिन्न विधामा योगदान गर्ने धवलागिरी गाउँपालिकाका बासिन्दाहरुलाई सम्मान गरिएको थियो । ८४ वर्ष पुगेका जेष्ठ नागरिक र आर्थिक सहयोग दाताहरुलाई कदरप्रत्र प्रदान गरिएको थियो । समाजका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा लोक गायक खड्ग गर्बुजाले गीत प्रस्तुत गर्नुभएको थियो ।  
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १०:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP