शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निजामती कर्मचारीले पठाए सभामुखलाई ज्ञापनपत्र
निजामती कर्मचारीले पठाए सभामुखलाई ज्ञापनपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ८, २०८२
gyapan 3
बेनी । राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल, म्याग्दीले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संघीय संसद सचिवालयमा ११ बुँदे ज्ञापनपत्र पठाएको छ । विगतमा भएका सम्झौता अनुसारको माग अनिवार्य समावेश गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिनिधिसभाका सभामुखसमक्ष ज्ञापनपत्र पठाएका हुन् । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष सोमबहादुर खत्री, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुमन सुवेदी र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, म्याग्दीका अध्यक्ष त्रिविक्रम शर्माले सोमबार प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई ज्ञापनपत्र बुझाउनुभएको हो । सभामुखलाई पठाएको ज्ञापनपत्रमा निजामती कर्मचारी संगठनहरूले संघीय निजामती सेवा ऐन निर्माण गर्दा सरकार र राष्ट्रियस्तरका ट्रेड युनियनबीच २०८० असोज २७ गते भएको सम्झौतामा उल्लिखत माग जोड दिएका छन् । प्रतिनिधीको विषयगत समिति र उपसमितिमा छलफल भएपनि ऐन जारी गर्ने प्रक्रीयामा ढिला भएकोमा कर्मचारी संगठनहरुले दुख व्यक्त गरेका छन् ।सबै तहमा कार्यरत कर्मचारीहरुलाई समान हिसाबले ब्यवहार हुनुपर्ने, ट्रेड युनियन अधिकारको सुनिश्चित गर्न, सेवा अवधी र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको ब्यवस्था गर्नुपर्ने, कर्मचारीको सरुवा प्रणालीमा चक्रीय बनाउनुपर्ने लगायतका माग रहेका छन् । संघीय शासन प्रणाली सुरु भएको दशकपछि समेत संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको व्यवस्थापन गर्ने छाता कानुन अभाव रहेको उल्लेख छ । सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको चक्रमा परेको ज्ञापनपत्रमा उल्लेख छ । आफूहरूका माग समेटिएर तत्काल ऐन जारी नभए सशक्त आन्दोलन सुरु गर्ने कर्मचारीहरूको चेतावनी दिएका छन् ।ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले पत्रलाई तत्काल संसद सचिवालयमा पठाउने प्रतिवद्धता जनाउनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २१:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP