शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित (फोटोफिचर)
धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ८, २०८२
n
बेनी । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका कुल ६ सय ३१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिकाको रुपमा घोषणा गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ । पालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरुले पनि नियमित खोप लगाइरहेका छन् ।राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षत्रीले बताउनुभयो । बालबालिकाहरुले १५ महिनादेखि ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् । धवलागिरि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्नका लागि यसअघि गएको चैत १७ गतेबाट वडास्तरमा कार्यक्रम गरी वडालाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य सुरु गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकमसहित ७ वटा वडा रहेको धवलागिरिको यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि आज पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । जिल्ला खोप समन्वय समितिको संयोजक समेत रहनुभएकी कार्यवाहक प्रमुख खत्रीले भौगोलिक हिसाबले जिल्लाको विकट ठाउँमा रहेको धवलागिरि गाउँपालिका जिल्लामै पहिलो पूर्णखोप सुनिश्चित पालिकाको रुपमा घोषणा हुन सफल भएकोमा यस कार्यमा खट्ने सबैलाई धन्यवाद दिनुभयो । सोही अवसरमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो । उहाँले मानव स्वास्थ्य र स्वस्थ जीवनका लागि खोप निकै महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि खोपलगायत गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रमहरुमा सबैको सहयोग हुने अपेक्षा समेत गर्नुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल र गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख क्षत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवक्ता एवं वडानम्बर ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा पूर्णखोप पालिका सुनिश्चित घोषणामा सहयोग पु¥याउनुहुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र फोकल पर्सनलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा पालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए । धवलागिरि गाउँपालिका म्याग्दीसहित गण्डकी प्रदेशमै पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषित भई पहिलो बनेको दावी गरिएको छ ।    
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २२:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP