शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन , अनुगमन टोली आएसँगै औषधि पसले भागे
बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन , अनुगमन टोली आएसँगै औषधि पसले भागे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ९, २०८२
anugaman
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमन गर्ने क्रममा एउटा पसलका सञ्चालक पसल बन्द गरेर भागेका छन् । बजार अनुगमनका लागि जिल्ला प्रशासनको नेतृत्वमा पर्यटन तथा उद्योग कार्यालयलगायतको अनुगमन टोली औषधि पसल पुग्नै लाग्दा पसल बन्द गरेर भागेका हुन् । बेनी नगरपालिका ८ को गणेश टोलमा रहेको प्रयास मेडिकल स्टोर्सका सञ्चालकले बजार अनुगमन टोली आउँदै गरेको जानकारी पाए पछि पसल बन्द गरेर भागेका हुन् । अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्य सूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि समेत एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको थियो । अनुगमन गरिएका हरेक पसलमा कुनै न कुनै समस्या भेटिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनिरल र अन्य आवश्यक तत्त्व खानाबाट पूर्ति नभएको भन्दै बिरामीलाई फुड सप्लिमेन्टलाई औषधिको नाममा सिफारिस गर्ने गरेको समेत भेटिएको जनाइएको छ । औषधि पसलले बिरामीलाई औषधि बाहेक विभिन्न बहानामा अनावश्यक खर्च गराउने गरेको गुनासो समेत आएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमृतप्रसाद कँडेलले बताउनुभयो । नवीकरण नभएकालाई दुई दिनको समय दिएर सबै कागजात पुरा गर्न निर्देशन गरिएको थियो । अनुगमन टोलीकी संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले औषधि, डेन्टल र ल्याब सेवा मापदण्ड विपरीत सञ्चालन गर्न नदिने बताउनुभयो । बेनीमा रहेको निलगिरी डेन्टल केयर सेन्टर, न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, युगल डेन्टल केयर सेन्टर, ढकाल मेडिकल हल, न्यु ढकाल ल्याब, बेनी सन्जिबिनी हेल्थ क्लिनिक, कोर स्माइल डेन्टल केयर सेन्टर र म्याग्दी डेन्टल होममा अनुगमन गरिएको थियो ।अनुगमनको क्रममा एउटा डेण्टल हाउसको कागजात नभएको पाइएको र अनुगमन भएका सबै फर्महरूमा कमजोरी भेटिएको अनुगमनमा सहभागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो । अनुगमनमा प्रदेश जनस्वास्थ्यका मिनराज न्यौपाने, बेनी अस्पतालका आषिश श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुंगाना लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP